जसले २१ हजार मत ल्याउँदा जितेनन्, १७ हजारमै सांसद चुनिए - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

जसले २१ हजार मत ल्याउँदा जितेनन्, १७ हजारमै सांसद चुनिए



०७४ को प्रतिनिधिसभा निर्वाचनमा सुनसरी १ बाट अशोककुमार राईले २२ हजार १ सय २३ मत ल्याएका थिए । यो मत उनका तत्कालीन प्रतिद्वन्द्वी जयकुमार राईको भन्दा झन्डै आधा कम हो ।

जयले ४४ हजार ५ सय २८ मत ल्याउदा अशोकले २२ हजार १ सय २३ मत ल्याएर पराजित भएका थिए ।

तर, ५ वर्षपछाडि अर्थात ०७९ को प्रतिनिधिसभाको निर्वाचनमा भने १७ हजार मत मात्रै ल्याएर अशोक राईले संसदको यात्रा तय गरेका छन् ।

निर्वाचन कार्यलयले सार्वजनिक गरेको मतपरिणाम अनुसार जसपा नेता राईले १७ हजार ५९ मत ल्याएर निर्वाचित भएका छन् । राईलाई पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ १६ हजार ६ सय ६ मत ल्याएर उपविजेता भएकी छन् ।

सुनसरी एकमा कुल ७८ हजार ९ सय ११ मत खसेको थियो ।