यु-१९ एसिया कप : (लाइभ भिडियो) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

यु-१९ एसिया कप : (लाइभ भिडियो)



काठमाडौं, मंसिर ३० – उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटमा नेपाललाई श्रीलंकाले २२८ रनको लक्ष्य दिएको छ । पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २७ रन बनाएको हो ।

श्रीलंकाका हसिथा बोयागोडाले सर्वाधिक ८३ रनको योगदान दिए । इनिङको पहिलो बलमै पहिलो विकेट गुमाएको श्रीलंकाका लागि रविन केली र बोयागोडाले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । श्रीलंकाका असेन बान्दाराले ४७ बलमा ४८ रन, क्रिशन आर्चचिग्गेले ४७ बलमा २८ रन बनाए । रविनले ३७ बल खेलेर १९ रन बनाए ।

नेपालका कमल सिंहले ३ विकेट लिए । यस्तै पवन सर्राफले दुई र दिपेन्द्र सिंह ऐरीले एक विकेट लिए । जवाफि ब्याटिङ गरेको नेपालका सन्दिप सुनार ८ बलमा २ रन, आशिफ शेख ६ बलमा एक रन, भिम सार्की १६ बलमा ८ रन बनाएर आउट भए । आदिल खान ६९ बलमा ३९ रन बनाएर अाउट भए । दिपेन्द्र सिंह ऐरी र प्रकाश केसी खेलिरहेका छन् ।

नेपाल सन्दिप लामिछानेको कप्तानीमा खेलिरहेको छ । नेपाल रहेको समूह ‘ए’ मा आयोजक श्रीलंकासहित भारत र मलेसिया छन् । समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश, सिंगापुर र पाकिस्तान छन् ।