असी प्रतिशत रगत महिलालाई - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

असी प्रतिशत रगत महिलालाई



नेपालगन्ज, चैत ५ गते ।

बाँके जिल्लामा रक्तदाता स्वयम्सेवकको सङ्ख्या दिन प्रतिदिन बढदै गएपछि रगतको अभाव पनि हट्दै गएको छ ।  नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र, नेपालगन्जले सङ्कलन गर्ने रगतमध्ये ८८ प्रतिशत संस्थागत तथा व्यक्तिगत स्वयम्सेवकबाट प्राप्त भएको छ ।

रक्तदानमा संस्थाहरुको सहभागिता बढ्नाका साथै माग पनि त्यही अनुपातमा बढेको जनाइएको छ । “रगतको अभावमा कुनै पनि बिरामीको ज्यान नजाओस् भन्ने उद्देश्यका साथ स्वयम्सेवकको सङ्ख्या अझ वृद्धि गर्न बाँके रेडक्रसले प्रचारमुखी अभियान सञ्चालन गर्दै आएको छ”, रेडक्रस बाँकेका प्राविधिक अधिकृत उपेन्द्र रेग्मीले भन्नुभयो । जिल्लामा रक्त सङ्कलनमा बढोत्तरी भएपछि रगतको अभावमा बिरामीका आफन्त भाँैतारिनुपर्ने र बिरामीको अकालमा ज्यान जाने अवस्थाको समेत अन्त्य भएको जनाइएको छ ।

स्वयम्सेवक रक्तदाताका साथै जिल्लाका राजनीतिक दलका कार्यकर्ता, विभिन्न सामाजिक तथा पेसागत सङ्घसङ्गठनले समय समयमा गर्ने रक्तदानले रगतको अभाव हुन नदिन ठूलो सहयोग पु¥याएका छन् । रक्तदानका लागि महिलाको सहभागिता पुरुषको तुलनामा कम रहेकाले उनीहरुको सहभागिता बढाउने प्रयास पनि थालिएको छ ।

रेडक्रस बाँकेका अनुसार सङ्कलित रगतमध्ये ७८ प्रतिशत गर्भवती, सिकलसेल र रजस्वलाका कारण रक्तअल्पता हुने महिलामा तथा २२ प्रतिशत पुरुष बिरामीका लागि प्रयोगमा आएको छ । रासस