तलब भत्ता सबै गरिब तथा अपाङ्गलाइ दिने नयाँ शक्ति उम्मेदवार अस्मिता गैरेको घोषणा ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

तलब भत्ता सबै गरिब तथा अपाङ्गलाइ दिने नयाँ शक्ति उम्मेदवार अस्मिता गैरेको घोषणा !



हिमालपोष्ट/नवलपरासी

नवलपरासीको देउचुली नगरपालिकाको उप मेयर पदमा अस्मिता गैरे नयाँ शक्ति नेपालको तर्फबाट उम्मेदवार बनेकी छन् । गैरे यस अगाडि सामाजिक सेवामा सक्रिय रहेकी थिइन ।

उम्मेदवार बनेसंगै उनले आफूले पाउने सेवा सुविधा सबै गरिब, अपाङ्ग, र असक्तलाइ दिने घोषणा गरेकी छन् भने राज्यले दिने घोषणा गरेका भत्ताहरु नियमित नपाएका हरुलाइ नियमित पाउने व्यवस्था गर्ने पनि जनाएकी छन् ।

नगरपालिकामा रहेका कच्ची सडकलाई पक्की बनाउने, शिक्षा स्वास्थ्य र आधारभूत आवश्यकता सम्पन्न नगरपालिका बनाउने उलको लक्ष्य छ ।

नगरपालिका बनेको दुई वर्ष भयो तर फोहर व्यवस्थापन भएको छैन, नगरपालिकाको काम कामकारबाही तन्दुरुस्त छैन सबै भन्दा पहिले यो कामबाट सुरु गर्ने छु हामीसँग कुरा गर्दै उनले भनिन ।

उनले थपिन सार्वजनिक शौचालय, खानेपानी, सार्वजनिक पार्किङ जस्ता आवश्यकतामा जनताले दुख पाउन नपरोस भनेर मैले उम्मेदवारी दिएकी हुँ ।

नयाँ शक्ति नेपालले देशमा प्रत्यक्ष कार्यकारी प्रमुख हुनुपर्छ भन्ने एजेन्डा उठाएको छ यो आम नेपालीको चाँसोको विषय हो । यसमा हामीले जनतालाई सुसूचित गराउने छौ गैरेले भनिन ।