अस्तित्व - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अस्तित्व



यदि म कुनै कागज नै भए पनि,

नलेखोस् कुनै कुख्यात शब्द दलालीले:-
मेरो देशको इतिहास !
भोको फुटपाथ र रित्तो खल्तिको कथा !
झन्डा र सगरमाथाको व्यथा !
यदि म कुनै पाना नै भए पनि,
लेख्दै नलेखोस कुनै भड्कन्ते प्रेमीले:-
प्रेमको पान्डुलिपी !
दिल व्यापारको बजारिया भाउ !
एक्लोपनको छटपटाहट !
नछापोस् कुनै नेताले आफ्ना प्रचारहरु !
नबनायोस् कुनै बालकले आफ्नो
देशको मानचित्र !
नकोरोस कुनै चित्रकारल आफ्नै
जिन्दगीको चित्र !

नउडायोस् कुनै गोठालोले, बनाएर
मलाई आफ्नो पागलपनको
कागजी हवाइजहाज !
नबगायोस कुनै सन्काहा बच्चाले,
कुच्चाएर मलाई आफ्नो खुसीको
कागजि डुङ्गा !
नदौडायोस् कुनै फकिरले बटारेर
मलाई आफ्नो स्वतन्त्र उडानको
कागजी फिरफिरे !

नपुछोस् कुनै ब्रम्हचारिले आफ्नो
स्पमको पित्को !
नमुतोस् कुनै कुकुरले दुर्गन्धित
नैराश्य !
नथुकोस् कुनै अहम भरिएको
विद्वानले पश्चातापको छिटा !

नलेखोस् कुनै दार्शनिकले आफ्नो
बकबास् दर्शन !
नछर्कियोस् कुनै मालीले
सौन्दर्यशास्त्रको कुरुप विर्य !
म माथि नजमाइयोस् कसैले पनि
म माथि कुनै हक !

नच्यातोस कुनै औंलाहरुले मेरो
अस्तित्वको उपस्थिति !

म एक सादा पाना हु !
सादा रहेर नै ,
आफैसग आफ्नो अस्तित्वको
३६ लडाइँ लडिरहनेछु !!

राजु झल्लु प्रसाद