अस्तित्वको मूर्ती (कविता) « Himal Post | Online News Revolution
Logo

अस्तित्वको मूर्ती (कविता)



– राखी गौचन 

माफ गरिदेउ मेरो भावनाका पर्खालहरूलाई
मजबुत छ यो पर्खाल तिम्रो दृढ विश्वास जस्तै
यही निर्जन एकान्तनै काफ़ी छ
विशाल ब्रमाण्ड गति संग़ै
भकानियर तिम्रो स्पर्शको
न आतुरता छ !!

म शान्त छु अंधेरीको जुन जस्तै
तर नदीमा आएको भेल जस्तै
उर्लेर तिमीलाईं निंद्राबाट उठाउन
चाहान्न !
तिम्रो अस्तित्वको मूर्ती कूदिरहेको छु
जुन आकृतिले तिम्रो समवेदना बोल्छ
हज़ारौ सपनाको सुन्दर कल्पना सँग
विपनाको युध्दको आत्माविश्वास बोल्छ !

कुंदाकुदै अनुहारको मानचित्रमा
ब्यङ्ग त क़तै लाञ्छनाका हज़ारौ
धर्साहरू टड्कारो देखिन थाल्यो
नियालदै हेरे,
त्यो होइन जस्लाई मैले बुझेको छु
तिम्रो साकार निखरिएको विम्ब क़ुदनु छ
मेरो अठोट हो “सुमी” !!

तिमी आज यहाँ हुँदो हौ त भन्थेउ होला
हिड्नु भंन्दा बढ़ता किन अलमलिदै छौ
“अघि बढ़ राकेश ”
हो यो अलमल्याइ तिम्रो सुन्दर निच्चल
पबीत्रताको डोर हो !!

निमोठियौ चिथोरियौ पटक पटक
ती बग़रेहरूबाट,
तर बार बार उठदै परिस्थितिको सामना गर्‍यौ
सामेल त हुन सकिन तिम्रो भोगाइमा !
भोगाईको चुनौती आआफ्नै हुन्छ
दुखेको त म पनि थिए !

संसारको सुन्दर कल्पना भन्छु म तिमीलाई
पढ़ेकि छु नजिकबाट “सुमी”
ढुङ्गा पनि बोल्दो हो त तिम्रो सुन्दर
आत्मा राखी दिन्थे !

शायद म दुनियाको लागी पागल भइदीए
तिमी पनि त्यही भन्छौ होला
हर पागल सिर्फ़ धेरै बाटो हुनाले
हराएको यात्री हो
मलाई तिमी भित्र खोजेर त हेर “सुमी”
सागरको छालहरू जस्तै उर्लेर पटक पटक नभेट
किनकि पटक पटक आशाले छोएर ज़ांछौ
बरु शान्त पवन बनी यो झोंका सँग आऊँ
अनि आभास गराउ “सुमी”
आभास ग़राऊ !!!
लेखक हाल  क्यालिफोर्नियामा हुनुहुन्छ