म्यासेन्जरमा 'सरप्राइज' भाइरस आतंक, यस्तो छ वास्तविकता - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

म्यासेन्जरमा ‘सरप्राइज’ भाइरस आतंक, यस्तो छ वास्तविकता



काठमाडौं- तपाईंको फेसबुक म्यासेन्जरमा साथीले सरप्राइज म्यासेज भन्दै म्यासेज आइरहेको होला ।

झट्ट हेर्दा शुभकामना जस्तो देखिने यस्तो म्यासेज भाइरस भएको फेसबुकले जनाएको छ । नयाँ वर्षको शुभकामना जस्तो देखिने यस्तो म्यासेज अहिले हरेकको म्यासेन्जरमा आइरहेको छ ।

आफ्नै साथीले पठाएको जस्तो देखिने यो म्यासेज खासमा झुक्किएर पनि नखोल्नु होला । आइ एम सेन्ड यु अ सरप्राइज म्यासेज भनेर लेखिएको उक्त म्यासेज तपाईंले खोल्नेबित्तिकै तपाईंका सबै साथीलाई जानेछ ।

म्यासेन्जर प्रयोगकर्तालाई अहिले प्राप्त भैरहेको उक्त म्यासेज खासमा भाइरस हो । प्रयोगकर्ताको जानकारी बिना नै यस्ता म्यासेज आइरहेका छन् ।

झट्ट खोलेर हेर्दा नयाँ वर्षको शुभकामना देखिए पनि त्यसबाट तपाईंका फेसबुक साथीलाई ‘अटो म्यासेज’ गइरहेको हुन्छ ।

यस्तो भाइरसले तपाइको फेसबुक एकाउन्टमा अनधिकृत पहुँच राख्न सक्छ । त्यसैले झुक्किएर भए पनि यस्तो लिङ्क नखोल्नुहोस् ।

यस्ता म्यासेजहरूलाई आउने बित्तिकै डिलिट गर्नु भयो भने झुक्किएर खुल्ने सम्भावना रहँदैन ।

यस्ता खालका म्यासेजले तपाईंको फेसबुक ह्याक हुने, अरूसँग गरिएका कुराकानी लिक हुने सम्भावना हुन्छ ।

त्यतिमात्र होइन कतिपय म्यासेजहरू अश्लिल पनि आइरहेका छन् । त्यसैले समयमै यसलाई ख्याल गर्दा यसबाट हुने हानी हुनबाट बचिन्छ ।