एटिएम ह्याक प्रकरणमा नेपाली पनि समातिए - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एटिएम ह्याक प्रकरणमा नेपाली पनि समातिए



काठमाडौं । चिनियाँ नागरिकले एटिएम ह्याक गरेर झिकिएको रकम साटिदिने मनी एक्सचेन्ज सञ्‍चालक तीन नेपाली पनि पक्राउ परेका छन् ।

शनिबार चिनियाँ ह्याकरले राजधानीका विभिन्‍न बैंकका एटिएमबाट ह्याक गरेर निकालेको रकम साट्ने तीन मनी एक्सचेन्ज सञ्चालकलाई प्रहरीले आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा ठमेलको नेपालय मनी एक्सचेन्ज र डेक्सो मनी एक्सचेन्जका सञ्‍चालक रहेका छन् ।

स्रोत नखुलेको रकम साटेकाले अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा देवनाथ लामा, रोशन श्रेष्ठ र रेवती दवाडी छन् ।