अत्यन्तै मर्म स्पर्शी गीत "दुवै अाखाँ चिम्ली ”सार्वजनिक(भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अत्यन्तै मर्म स्पर्शी गीत “दुवै अाखाँ चिम्ली ”सार्वजनिक(भिडियो सहित)



समीर प्रकाश पाण्डे/चैत्र ५ 

चर्चित गायिका पूर्णकला बिसी र राम बन्जाडेको स्वरमा रहेको अत्यन्तै मर्म स्पर्सि गीत ” दुवै आँखा चिम्ली ” बोलको गीतको भिडियो अविरल फिल्म्सको युटुब च्यानल बाट सार्वजनिक भएको छ ।

अर्घाखाँचीमा जन्मिएर हाल कामको सिलसिलामा बेलायत बसोबास गर्दै आएका राम बन्जाडेको शब्द सङ्गीतमा रहेको गीतको भिडियो पछिल्लो समयका व्यस्त निर्देशक विष्णु भट्टराईले गरेका छन्, रामचन्द्र भट्टराईको छायांकन रहेको भिडियो बुटवल र पाल्पाको विभिन्न ठाउहरुमा छायांकन गरिएको छ , सगुन शर्मा ले श्रीन्गार गरेको भिडियोमा पछिलो समयकी अत्यन्तै व्यस्त मोडल सारिका र बुटवलका चकलेटी मोडल नवीन साथै विजय खनाल को अभिनय देख्न सकिन्छ आफूलाई मन पर्ने मान्छे आफूबाट बिछोडियपछि को तड्पाईलाइ भिडियोमा समावेश गरिएको छ ।  भिडियोलाई रियाज म्युजिक प्रा.ली ले बजार व्यवस्थापन गरेको छ ।