अष्ट्रेलियामा विमान दुर्घटना: तीनको मृत्यु - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अष्ट्रेलियामा विमान दुर्घटना: तीनको मृत्यु



एजेन्सी- अष्ट्रेलियामा डढेला नियन्त्रणमा संलग्न एक विमान दुर्घटनामा परेको छ । दुर्घटनामा तीन जनाको मृत्यु भयो ।

उक्त विशाल हवाई ट्यान्कर बिहिबार स्थानीय समय अनुसार १३ः३० देखि हराइरहेको थियो ।
खोजको केही पछिनै विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

नर्थ साउथ वेल्सका प्रमुख ग्लाडीस बेरेजिक्लियनले जहाज हिउयुक्त पहाडमा ठोक्किएको जानकारी दिए ।

नर्थ साउथ वेल्सको ग्रामिण अग्नि नियन्त्रण सेवाले उक्त पानी बोकेको जहाज डढेलो प्रभावित क्षेत्रमा पठाइएको बताए ।

कमिस्नर शेन फिट्जसिमान्सका अनुसार जहाज के कारणले जहाज पहाडमा ठोक्किन पुगेको स्पष्ट नभइसकेको बताए ।