अष्ट्रेलियामा कोरोनाबाट मृत्यु हुनेको नयाँ रेकर्ड बन्यो - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

अष्ट्रेलियामा कोरोनाबाट मृत्यु हुनेको नयाँ रेकर्ड बन्यो



काठमाडौं- अष्ट्रेलियामा कोरोना भाइरसले नयाँ रेकर्ड बनाएको छ । कोरोना संक्रमणका कारण अष्ट्रेलियामा एकैदिन २१ जनाको मृत्यु भएको छ ।

यो हालसम्मै सबैभन्दा धेरै मृत्यु भएको रेकर्ड हो । योसँगै अष्ट्रेलियामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५२ पुगेको छ । अष्ट्रेलियामामा थप ४१४ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै कोरोना संक्रमितको संख्या २२ हजार १२७ पुगेको छ । त्यस्तै निको हुनेको संख्या १२ हजार ३९३ रहेको छ । अष्ट्रेलिया सरकारले कोरोना रोकथामका लागि उच्च सतर्कता अपनाउन विशेष आग्रह गर्दै आइरहेको छ ।

तर, कोरोना संक्रमण भित्रभित्रै फैलिएका कारण थप क्षति हुनेको हो कि भन्ने आशंका उत्तिकै थपिएको छ । कोरोनाका कारण अष्ट्रेलियामा आर्थिक मन्दी देखिएको अर्थशास्त्रीहरुले जनाएका थिए ।

अष्ट्रेलियामा ठुलो संख्यामा नेपालीहरु रहेका छन् । पछिल्लो रिपोर्ट अनुसार अष्ट्रेलियामा नेपालीहरु पनि कोरोना संक्रमित भएको र उनीहरुको उपचार भइराखेको बताइएको छ ।