अस्ट्रेलियामा भिषण डढेलो: तीनको मृत्यु, सयौं घर जले, हज्जारौं विस्थापित - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अस्ट्रेलियामा भिषण डढेलो: तीनको मृत्यु, सयौं घर जले, हज्जारौं विस्थापित



अस्ट्रेलिया – पूर्वी अस्ट्रेलियामा लागेको डढेलोमा परी ३ जनाको मृत्यु भएको अस्ट्रेलियाका मिडियाले बताएका छन् ।

घना बस्तीमा नजिकैको जङ्गलबाट फैलिएको डढेलोले सयौं घरमा क्षति पुगेको बताइएको छ।आगलागीका कारण हजारौँ नागरिक विस्थापित भएका बताइएको छ ।

वस्ती वरपर लागेको डढेलोका कारण सामुद्रिक शहर फोस्टर र बोबिनमा तातो हावा र धुवाँका कारण दर्जनौ व्यक्ति विरामी परेका बताइएको छ ।

उक्त क्षेत्रमा करिब १०० स्थानमा लागेको डढेलो निभाउनका लागि एक हजार ३०० अग्नि नियन्त्रक टोली पठाइएको र आवश्यकता अनुसार सेनालाई पनि सहयोगका लागि आग्रह गरिएको छ ।

घटनापछि कैयौँ व्यक्ति हराएका छन् । डढेलो ग्रामिण बजाररहेको वस्तीमा पसेपछि भएको हताहतीको पूर्ण विवरण आउन अझै बाँकी रहेको छ । प्रारम्भिक जानकारीमा करिब १५० घरधुरी खरानीमा परिणत भएका छन् ।

सवैस्थलमा अग्नि नियन्त्रक तथा उद्धार टोली पुग्न कठिनाई भएको बताइएको छ । घटनामा आगोले जलेका केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको र मृतक सङ्ख्या बढ्न सक्ने बताइएको छ ।