अस्ट्रेलियाको डढेलो : सिड्नी खतरामा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अस्ट्रेलियाको डढेलो : सिड्नी खतरामा



न्युसाउथ वेल्स । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा फैलिएको डढेलोका कारण सिड्नीको दक्षिणी भागमा रहेका घरहरु खतरामा परेको छ ।

डढेलो नियन्त्रणका लागि यतिबेला सयौँको संख्यामा अग्निनियन्त्रकहरु खटिइरहेका छन् ।

न्यु साउथ वेल्स रुरल फायर सर्भिसका अनुसार डढेलो यतिबेला तीव्र गतिमा फैलिरहेको छ । यसले थप क्षेत्र प्रभावित हुनसक्ने उनीहरुले आशंका व्यक्त गरेका छन् ।

स्थानान्तरण यतिबेला खतरनाक भएको भन्दै डढेलो प्रभावित क्षेत्रका वासिन्दाहरुलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।

पछिल्लो मौसम रिपोर्टका अनुसार दक्षिणपूर्वी अस्ट्रेलियाको तापक्रम यतिबेला अस्वभाविक रुपमा उच्च रहेको छ ।

त्यसमाथि तीव्र गतिको हावाका कारण डढेलो उत्तर र पूर्व तर्फ रहेका मानववस्तीतर्फ अघि बढिरहेको छ ।

डढेलोबाट २५०० हेक्टर क्षेत्र नष्ट भएको अधिकारीहरुले जानकारी दिएका छन्