अष्ट्रेलियामा लफडा हुँदा नेपाली गम्भीर घाइते - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

अष्ट्रेलियामा लफडा हुँदा नेपाली गम्भीर घाइते



सिड्नी–बाटो काट्दा ठोक्किएको विषयमा विवाद हुँदा अस्ट्रेलियाको सिड्नीमा कुटाकुट भएको छ । कुटाकुट हुँदा एक नेपाली युवा गम्भीर घाईते भएका छन् ।

अष्ट्रेलियाको सिड्नीस्थित व्यापारीक केन्द्र जर्ज स्ट्रिटमा सोमबार राति बाटो काट्ने क्रममा एक अर्काबीच ठोक्किएको विषयलाई लिएर शुरु भएको विवादले उग्र रुप लिएको थियो । विवाद बढ्दै गएपछि २१ वर्षका सन स्कदरले २२ वर्षीय नेपाली युवा अनिस शाहीलाई अनुहारमा मुक्का प्रहार गरेपछि शाहीको टाउकोमा गम्भीर चोट लागेको छ । उनको टाउकोमा रगत जमेको बताईएको छ । आरोपित स्कदरलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ ।

त्यस्तै, सन स्कदरका दाजु तेजयलाई अर्का नेपाली युवा मारक लिम्बुले बक्स कटरले आक्रमण गर्दा तेजय घाईते भएका छन । उनको उपचारका लागि सेन्ट भिसेन्ट अस्पताल भर्ना गरिएको छ । घटनालगतै पुगेको पारामेडिक्सको टोलीले उनीहरुलाई अस्पताल पुर्‍याएको थियो।

लिम्बुलाई प्रहरीले हिरासतबाटै अस्पतालमा उपचार गराईरहेको छ भने अर्को समुहका स्कदर दाजुभाइ भने जमानतमा छुटेका छन् । कुटाकुटमा संलग्न सन स्कदरलाई हुलदंगा तथा अंधाधुन्द शारिरिक हमला गरेको मुद्धा लगाइएको छ । लिम्बुलाई सांघातिक आक्रमणको मुद्धा लगाइएको छ ।