मेलबर्नमा फेरि ४५ दिन लामो लकडाउन घोषणा - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

मेलबर्नमा फेरि ४५ दिन लामो लकडाउन घोषणा



एजेन्सी । अष्ट्रेलियाको मेलबर्न र भिक्टोरिया राज्यमा कोरोना भाइरस संक्रमितहरु धमाधम थपिन थालेपछि मेलबर्नमा आजैदेखि लागू हुनेगरी आगामी ४५ दिनका लागि लकडाउनको घोषणा गरिएको छ ।

अष्ट्रेलियामा घोषणा गरिएको यो तेस्रो चरणको लकडाउन हो । मेलबर्नमा विगत तीन सातादेखि कोरोना संक्रमितको संख्या लगातार बढ््रदै गएपछि त्यहाँ लकडाउनको घोषणा गरिको हो ।

मेलबर्नमा कोरोना संक्रमित वढ्रदै गएपछि साबधानी अपनाउन मेलबर्नका रेष्टुराँ, बजार, होटल ब्यबसाय पुन बन्द गरिएको हो ।

यसअघि कोरोना संक्रमणमा केही हदसम्म कमी आएपछि लकडाउन फुकुवा गरिएको थियो ।

यद्दपी सामाजिक दुरी कायम नगरी बजार क्षेत्रमा मानिसको चहलपहल वढेपछि संक्रमितको संख्या बढ्दै गएको हो ।

यो लकडाउन घोषणासँगै भिक्टोरिया राज्यमा बस्ने करिब ५० लाख मानिस पुनः लकडाउन पालना गर्न बाध्य भएका छन् ।

लकडाउन अवधिभर तोकिएको समयमा मात्रै खाद्यान्न र अत्यावश्यक सामान किन्न पाउने नियम लागू गरिएको छ ।

त्यसैगरी रेस्टुराँ र क्याफेहरूले खानेकुराहरुको प्याकिङ सिस्टम लागू गर्नुपर्नेछ । अत्याबशिकिय सवारीसाधनको हकमा भने अनुमति पत्र लिनुपर्ने प्रावधान लागू गरिएको छ ।

अनुमति–पत्रका लागि आवेदन दिँदा झुठो विवरण पेश गरिएको खण्डमा चार हजार अस्ट्रेलियन डलरसम्म जरिवाना तिर्नुपर्ने नियम पनि लागू गरिएको छ ।

अस्ट्रेलियामा हालसम्म ८ हजार ८ सय बढी संक्रमित छन् भने मृतकको संख्या १ सय ६ पुगेको छ ।