एडीलेडमा अन्तराष्ट्रिय नारी दिवस विशेष कार्यक्रम आयोजना हुदै - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

एडीलेडमा अन्तराष्ट्रिय नारी दिवस विशेष कार्यक्रम आयोजना हुदै



एडिलेड- अन्तराष्ट्रिय नारी दिवसको अवसरमा एनआरएनए साउथ अस्ट्रेलिया अन्तर्गत रहेको नारी निकुञ्ज (वुमन फोरम) को संयोजनमा एडीलेडमा बिशेष कार्यक्रम आयोजना हुने भएको छ ।

मार्च १० तारिक बुधबारको दिन बेलुका ५ बजेदेखी १० बजेसम्म कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम संयोजक मन्जु खड्काले बताइन् । साउथ अस्ट्रेलियाको प्रिमियर अफिसको लागी सहायक मन्त्री जिंग ली, 2021 Young Australian of the Year-Isobel Marshall, Founder of Taboo – Eloise Hall, नेपाली राजदुत महेशराज दाहालसँगै यस कार्यक्रमको लागी एनआरएनए अस्ट्रेलिया अध्यक्ष केशब कँडेल, नारी निकुञ्ज राष्ट्रिय संयोजक सन्ध्या शाह लगायतका अतिथिहरु अस्ट्रेलियाका बिभिन्न स्टेटबाट आउने जानकारी खड्काले दिएकी छन् ।

#ChoosetoChallenge नारा सहित आयोजना हुन लागेको यस कार्यक्रमबाट नेपालमा महिनावारीको नाममा महिलाहरुमाथि भइरहेको विभेद, असमानता तथा छुवाछुतका विरुद्ध काम गर्दै आएका संस्थाहरुलाई सहयोग गर्ने उद्देश्य राखिएको खड्काले बताएकी छन् । महिनावारीको पूरानो मूल्य मान्यता, अन्धविश्वास र रुढीवादी सोचलाई भत्काउन, चेतना जागृत गर्ने बोधमय शिक्षा प्रदान गर्ने यस कार्यमा नेपालीसँगै अन्य समुदायको समेत उपस्थिति रहने अपेक्षा राखिएको छ।

साउथ अस्ट्रेलियामा बस्ने व्यक्तिहरुले उक्त कार्यक्रममा सहभागी हुन तल उल्लेखित लिंकबाट रजिस्ट्रेशन गर्नुपर्नेछ।
Registration Link : https://forms.gle/2vRVDaLqM1cjk2Kx8