न्युजिल्यान्डको सानदार सुरुआत, अस्ट्रेलियामाथि भव्य जीत - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

न्युजिल्यान्डको सानदार सुरुआत, अस्ट्रेलियामाथि भव्य जीत



सिड्नी — डेभन कनवेको ब्याटबाट उत्कृष्ट प्रदर्शनको मद्दतले न्युजिल्यान्डले ट्वान्टी ट्वान्टी विश्वकपमा शनिबार डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई ८९ रनले हराएर सानदार सुरुआत लिएको छ । कनवेले ५८ बलमा नटआउट ९२ रन बनाए र पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले तीन विकेटमा दुई सय रनको स्कोर खडा गरेको थियो ।

सुपर–१२ को ग्रुप–वानको पहिलो खेलमा अस्ट्रेलियाले जवाफमा १७.१ ओभरमा सबै विकेट गुमाएर १ सय ११ रनमात्र बनाउन सक्यो । कमजोर सुरुआत लिएको घरेलु टिमले कुनै पनि समय विजयी लक्ष्य पछ्याउने संकेत दिन सकेन् । उसका लागि ग्लेन म्याक्सवेलले बनाएको २८ रन नै उच्च व्यक्तिगत स्कोर रह्यो ।
न्युजिल्यान्डका बलरमध्ये मिचेल सान्टनर र टिम साउथीले तीन/तीन विकेट लिए । यस्तै ट्रेरन्ट बोल्टको नाममा दुई विकेट रह्यो । टिम साउथीले पनि दुई विकेट लिए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डका लागि प्रारम्भिक ब्याटर कनवेले सात चौका र दुई छक्का प्रहार गरे । उनले पहिलो विकेटका लागि फिन एलानसँग ५६ रनको साझेदारी गरे । एलानले ४२ रन बनाए ।

त्यसपछि कनवेले कप्तान केन विलियम्ससँग दोस्रो विकेटका लागि थप ६९ रनको साझेदारी गरे । विलियम्सले २३ रन बनाए । यस्तै अर्का नटआउट ब्याट्सम्यान जेम्स नसिमले १३ बलमा २६ रनको योगदान दिए । अस्ट्रेलियाका सबै बलले महँगो बलिङ गरे । त्यसमध्ये जस हेजलउडले ४१ रनमा दुई विकेट लिए ।