अस्ट्रेलियामा ५ लाख मानिसको रोजगारी गुम्दै - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अस्ट्रेलियामा ५ लाख मानिसको रोजगारी गुम्दै



सिड्नी- कोरोना भाइरस (कोभिड–१९)को संक्रमणसँगै निम्तिएको आर्थिक संकटको कारण अष्ट्रेलियामा रहेका करिब ५ लाख मानिसको जागिर गुम्ने भएको छ ।

विश्वव्यापी बन्दै गएको कोरोना भाइरस अष्ट्रेलियामा पनि फैलदै गएको छ ।

कोरोनाकै कारण भिक्टोरिया, साउथ अष्ट्रेलिया र अष्ट्रेलियनको राजधानी वरिपरिका क्षेत्रमा संकटकाल लागेको घोषणा भइसकेको छ । सोही कारण धेरैको जागिर धरापमा परेको छ ।

अष्ट्रेलियाको मन्त्रिपरिषद्को बैठकमा आगामी हप्ता वा महिनाभित्रमा बेरोजगारको दर १० लाखसम्म पुग्ने उठिसकेको छ ।

नेपालीपत्रका अनुसार कम्पनीहरुलाई समेत कोरोनाले प्रभावित भनाइसकेको अवस्थामा कर्मचारी कटौती हुन थालेको छ । विशेष गरेर पर्यटन, होटल तथा एयरलाइन्स कम्पनीहरुले ठूलो संख्यामा कर्मचारी कटौती गर्न थालेपछि कर्मचारीहरु समस्यामा पर्न थालेका छन् ।

अष्ट्रेलियन नेशनल युनिभर्सिटीका प्रोफेसर पिटर ह्वाइटफोर्डले यो बेरोजगारीको समस्या विकराल बन्ने बताएका छन् । उनले भनेका छन् ‘हामी धेरै ठूलो जनसंख्यालाई कामको समस्या हुने भन्ने बारेमा कुरा गर्दैछौं ।’