सिड्नीमा संकटकाल घोषणा: हालसम्मकै धेरै संक्रमित भेटिए - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सिड्नीमा संकटकाल घोषणा: हालसम्मकै धेरै संक्रमित भेटिए



काठमाडौं- कोरोनाको नयाँ प्रजाती फैलिन थालेपछि अष्ट्रेलियाको राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ ।

महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि संकटकाल लगाइएको हो । त्यहाँका संचारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा १३६ जना नयाँ सङ्क्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ ।

यो सङ्ख्या अहिलेसम्मकै धेरै भएको बताइएको छ । महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार संकटकाल घोषणा गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

केन्द्रीय राजधानी समेत पर्ने न्यु साउथ वेल्स प्रदेश सरकारले महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै सङ्क्रमण पुष्टि भएपछि संकटकाल लगाउने निर्णय गरेको बताएको छ ।

राजधानी सिड्नीमा एक महिना अगाडिदेखि लकडाउन जारी रहेको छ । लकडाउन हुदाँ हुदै पनि महामारी कम नभएपछि संकटकाल लगाउनु परेको हो ।

प्रदेश मुख्यमन्त्री ज्लाडीस बेरेजिक्लीयनले प्रदेश भित्रका सवैलाई खोपको व्यवस्थापन गर्न आग्रह गरेका छन्।