अस्ट्रेलियाको फाइनल खेल्ने सपना अधुरै रहने खतरा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

अस्ट्रेलियाको फाइनल खेल्ने सपना अधुरै रहने खतरा



एजेन्सी – अष्ट्रेलियाले एक दिवसिय विश्वकप २०१९ को दोस्रो सेमिफाइनलमा घरेलु टोली इंग्ल्यान्डबिरुद्ध अत्यन्त खराब प्रर्दशन गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको अष्ट्रेलियाले दोस्रो ओभरको पहिलो बलमा ओपनर तथा कप्तान आरोन फिन्चलाई शुन्यमा गुमाएको थियो । उनलाई जोफ्रा आर्चरले एलबी डब्लू आउट गरे । तेस्रो ओभरको चौथो बलमा अर्का ओपनर डेविड वार्नर ९ रनमा क्याच आउट हुन पुगे । उनलाई क्रिस वक्सले जोनी बेयरस्टोबाट क्याच आउट गराउँदै सुरुवाती समय दबाबमा राखे । यस्तै एकसे एक ब्याट्सम्यान आउट भैरहेका छन् ।

भनेजस्तो प्रदर्शन गर्न नसकेपछि अष्ट्रेलिया फाइनल नपुग्ने सम्भावना बढेको चर्चा सुरु भएको छ । अहिले अस्ट्रेलियाले ७ विकेट को क्षतिमा १९२ रङ मात्र जोडेको छ भने ४२ ओभरको समाप्ति भएको छ । अष्ट्रेलियाले घाइते भएका उस्मान खवाजालाई बाहिर राख्दै ह्यान्ड्सकम्बलाई मौका दिएको थियो ।