अस्ट्रेलियाबाट नेपाल फर्किन चाहनेको लागि तयारी सुरू - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अस्ट्रेलियाबाट नेपाल फर्किन चाहनेको लागि तयारी सुरू



काठमाडौं- नेपाल फर्किन चाहने नेपालीहरूका लागि अस्ट्रेलियास्थित नेपाली दूतावासले आफ्नो विवरण दिनका लागि सूचना जारी गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषदको १२ जेठको निर्णयअनुसार नेपालीलाई फर्काउने व्यवस्था गर्न लागिएको दूतावासले जनाएको छ ।

कोरोना भाइरसको महामारीका कारण नेपाल फर्किन नपाएका र तत्काल नेपाल फर्किन छाहने तथा फर्कन बाध्य हुने नेपालीले अस्ट्रेलियास्थित दूतावासले प्राथमिकताका आधारमा नेपाल फर्काउने तयारी गरिएको बताएको छ ।

नेपालीहरुलाई स्वदेश फर्काउनका लागि यसअघि दूतावासको फेसबुक पेज, इमेल, इमजेन्सी रजिष्ट्रेसन फाराम तथा टेलिफोनमार्फत् नाम टिपाएका र टिपाउन बाँकी रहेका नेपाल फर्कन चाहने सम्पूर्ण नेपालीले राजदूतावासको वेभसाइटमा राखिएको फारम भरेर २ जुन २०२० सम्ममा दूतावासमा बुझाउन आग्रह गरेको छ ।

विवरण अध्यावधिक भएपश्चात् मात्र नेपाल फिर्ता जान चाहने सम्बन्धमा प्राथमिकता निर्धारण गर्न, नेपालसम्मको पहुँच सुनिश्चित गर्न र नेपाल पुगेपश्चातको क्वारेन्टाइनको व्यवस्थापन गर्न सहज र सहयोग पुग्ने भएकोले सही विवरण उपलब्ध गराइदिनु अनुरोध गरेको छ ।

नेपाल आउनेहरुले अनिवार्य रूपमा १४ दिनसम्म क्वारेन्टाइनमा र थप ७ दिन होम क्वारेन्टाइनमा बस्नुपर्नेछ भने हवाई उडान खर्च, होटल क्वारेन्टाइन खर्च, विमानस्थलदेखि क्वारेन्टाइनस्थलसम्मको यातायात खर्चलगायतका सम्पूर्ण खर्च व्यक्ति स्वयंले ब्यहोर्नु पर्नेछ ।

नेपाल फर्किन चाहनेहरुले नेपाल सरकारले निर्धारण गरेका शर्तहरु पालना गर्नुपर्ने हुन्छ । यस्तै विमानमा यात्रा गर्नुअघि कोभिड–१९ संक्रमण नभएको पीसीआर रिपोर्ट पेश गर्नुपर्नेछ भने आफ्नो साथमा पनि राख्नु पर्नेछ ।