अस्ट्रेलियामा अर्को कलेज पनि खारेज : सयौं नेपालीको बिचल्ली - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

अस्ट्रेलियामा अर्को कलेज पनि खारेज : सयौं नेपालीको बिचल्ली



मेलबर्न । अस्ट्रेलियामा फेरी नपाली बिद्यार्थीहरु बिचल्लीमा परेका छन् । नेपालीको स्वामित्व रहेको हार्बर इन्टरनेशनल कलेजको नसिंङ निकायलाई अष्ट्रेलियन स्कील क्वालीटी एथोरोटी (आस्क्वा) ले दर्ता खारेजी परेपछि उनीहरु बिचल्लीमा परेका हुन् ।

पछिल्लो समय अस्ट्रेलियामा एक पछी अर्को कलेज खारेजीमा पर्ने गरेका छन् । अष्ट्रेलियन सरकारको शैक्षिक निकायले दर्ता खारेज गरेपछि सयौं नेपाली विद्यार्थीको भविष्य अन्योलमा परेको बताइएको छ  ।

हार्बर इन्टरनेशनल कलेज दुई नेपाली मुलका अष्ट्रेलियन मातृका बिमली र सुमन भेटवालको स्वामित्वमा रहेको छ । हार्बर इन्टरनेशनल कलेजको नसिंङ निकाय खारेजीमा परेको हो ।

खारेजीपछि करिब चार सय नेपाली विद्यार्थी प्रभावित हुने बताइएको छ । भर्खरै डिप्लोमा अफ नर्सिङ थालेका र महंगोमा सर्टिफीकेट फोर पढेका बिध्यार्थीहरुलाई समस्या बढेको छ ।

पछिल्लो पटक सरकारले एन्म्याकको सम्वन्धन बिना डिप्लोमा अफ नसिंङ पढाउन नपाउने निर्णय गरेपछि कलेजहरु धमाधम खारेजीमा परेका हुन् ।