अष्ट्रेलियामा डढेलोको आतंक: मुख्य राजमार्ग बन्द, हजारौँ मानिस पानी खोज्दै समुन्द्रमा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अष्ट्रेलियामा डढेलोको आतंक: मुख्य राजमार्ग बन्द, हजारौँ मानिस पानी खोज्दै समुन्द्रमा



बीबीसी- अष्ट्रेलियाको भिक्टोरियाको माल्लाकूटा क्षेत्रमा आगलागी फैलिएपछि हजारौं मानिसहरु पानी भएको स्थानतर्फ हिंडेका छन् ।

स्थानीय बासिन्दाका अनुसार सो क्षेत्रमा आगलागी फैलिएर घर भएको स्थानतिर आउने क्रम मंगलबार बिहानैदेखि बढेको छ ।

स्थानीय बासिन्दाले पोस्ट गरेको तस्विरमा आकाश पुरै रातो देखिनुका साथै धुवाँ र पुरै अँध्यारो अवस्था देखिन्छ ।

सिडनी र मेलबर्नका केही ख्यातिप्राप्त होलिडे स्पटहरु अहिले आगलागीको खतरामा परेका छन् । सहरको मुख्य राजमार्गपनि बन्द भएको छ ।

भिक्टोरिया क्षेत्रका अधिकारीहरुका अनुसार चार जना मानिसहरु हराइरहेका छन् । माल्लाकूटाका चार हजार मानिस अहिले समुद्री किनारामा गएका छन् ।

सामाजिक सञ्जालमा उनीहरुले जनाएअनुसार अहिले उनीहरु साना खाले डुंगामा चढेका छन् ।

४० डिग्री तापक्रम र हुरीका कारण राज्यका करिब २०० स्थानमा गएका २४ घण्टा यता आगलागीका घटना भएको बताइएको छ ।