अस्ट्रेलियामा सवारी दुर्घटना, दुई नेपालीले ज्यान गुमाए - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

अस्ट्रेलियामा सवारी दुर्घटना, दुई नेपालीले ज्यान गुमाए



सिड्नी । अष्टेलियामा भएको सवारी दुर्घटनामा दुई नेपालीले ज्यान गुमाएका छन् । आइतबार बिहान सिड्नीबाट स्नो माउन्टेनतर्फ गइरहेको कार दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो भने तीन जना घाइते भएका छन् ।

दुर्घटना मोनारो राजमार्गको कूमा नजिकै भएको हो । दुर्घटना भएको कार सडकबाट १ सय ६० मिटर तल खसेको छ । कारको अघिल्लो सिटमा बस्ने दुई जनाको घटनास्थलमै मृत्यु भएको हो भने तीन जना पछाडि बसेकाहरु घाइते भएका छन् । घाइतेहरुले आपत्कालिन नम्बरमा फोन गरेपछि उनीहरुको हेलिकोप्टरबाट उद्दार भएको समाचारमा जनाइएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको छ । उनीहरुको क्यानबेरास्थित अस्पतालमा उपचार भइरहेको छ ।

एबीसी न्यूजका अनुसार उक्त कारमा भट्टराई, देवकोटा, सुवेदी, कँडेल र भण्डारी थरका युवाहरु सवार थिए । उनीहरुको उमेर १९ देखि २२ वर्ष सम्मको रहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।