अष्ट्रेलियाको भिषण डढेलो निभाउन अमेरिकी टोली पनि असफल: सिड्नीमा प्रदुषण फैलियो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अष्ट्रेलियाको भिषण डढेलो निभाउन अमेरिकी टोली पनि असफल: सिड्नीमा प्रदुषण फैलियो



सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्यू)को बिभिन्न स्थानमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

गस्पर्स पहाडमा लागेको ‘मेगा फायर’ नाम दिइएको ढलेलोमा छेउछाउका डढेलोसँग मिसिन पुगेको जसको कारण उक्त आगो गस्फर्डतिर अघि बढ्ने चिन्ता बढेको दमकल सेवाका कर्मचारीहरुले बताएका छन् ।

उक्त आगलागी नियन्त्रणको लागि अमेरिकाबाट २१ जना अग्नि नियन्त्रक टोली आएका छन् भने यसअघि न्युजिल्याण्ड तथा क्यानडाबाट पनि टोली आएर काम थालेका छन् ।

भीषण डढेलोले हालसम्म ३ लाख ३५ हजार हेक्टर क्षेत्र नष्ट गरिसकेको ग्रामीण अग्नि सेवाले जनाएको छ । उक्त डढेलोको कारण १ हजारभन्दा बढी घरहरु ध्वस्त भएका छन् भने ५ हजार परिवारलाई अन्यत्र सारिएको छ ।

सोही डढेलोको धुवाको कारण सिड्नीको वायुमण्डलमा प्रदूषण फैलिएको छ । धुवायुक्त वायुको कारण स्वास्थ्यमा समेत प्रतिकूल असर गर्न थालेको सरोकारवालाहरुले बताएका छन् ।

हाल डढेलोको कारण अत्यधिक मात्रामा प्रदूषित धुवा फैलिएको छ । यसले गर्दा सिड्नी नै धुवाँले ढाकिएको जस्तो देखिएको छ । यस धुवाले श्वासप्रश्वास सम्बनिध रोगी, बालबालिका तथा वृद्धहरुलाई असर पुर्याउने भन्दै सचेत रहन सूचनाहरु जारी भएका छन् ।

अग्नि नियन्त्रण विभागका अनुसार डढेलो नियन्त्रण गर्नको लागि अझै केही हप्ता लाग्ने बताइका छन् ।