अस्ट्रेलियामा पानी पर्‍यो - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

अस्ट्रेलियामा पानी पर्‍यो



काठमाडौं- डढेलोका कारण गम्भीर संकटको सामना गरिरहेको अस्ट्रेलियामा पानी परेको छ । वर्षाले केही राहत दिएको छ भने लगातार बढेको तापक्रम पनि केही घटेको छ ।

तीव्र गतिको हावा र बढ्दो तापक्रमका कारण गएको सेप्टेम्बरदेखि फैलिएको डढेलोले अस्ट्रेलियामा विकराल रुप लिएको छ ।

आइतबार तथा सोमबार परेको पानीले त्यसमा केही राहत दिए पनि यहि वर्षाले डढेलो नियन्त्रणमा नआउने चेतावनी सरकारी अधिकारीको छ ।

अस्ट्रेलियाको सिड्नी, मेलबर्नसहितका पूर्वी तटीय क्षेत्रमा वर्षा भएको छ ।

डढेलोले अति प्रभावित भएको न्यू साउथ वेल्सका केही क्षेत्रमा पनि वर्षा भएको छ । तर अधिकारीहरुले आउँदो बिहीबारदेखि पुनः तापक्रम बढ्ने चेतावनी दिएका छन् ।

यस्तै भिक्टोरिया तथा न्यू साउथ वेल्समा भीषण डढेलोका कारण थप संकट आउन सक्ने उनीहरुको भनाई छ ।

अहिले परेको पानीका कारण सन्तुष्ट हुन मिल्ने ठाउँ नरहेको न्यू साउथ वेल्स राज्यका प्राइमिएर ग्लाडीस बेरेजिक्लिएनले बताएका छन् ।