अष्ट्रेलियामा घरभाडा आतङ्क: समस्यामा विद्यार्थी - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

अष्ट्रेलियामा घरभाडा आतङ्क: समस्यामा विद्यार्थी



अस्ट्रेलिया । अस्ट्रेलियामा अचाक्ली भाडा बढेपछी कम आय भएकाहरू निकै समस्यामा परेका छन्। अष्ट्रेलियाको मुख्य शहरहरुमा पछिल्लो समय घरभाडा निकै महङ्गो भएको छ ।

पहिले निकै सस्तोमा पाइने घर र डेराहरू अहिले सतप्रतिसत भन्दा बढी बढेकोले आतंक नै सृजना भएको छ ।

सरोकार वाला निकायले बाहिरबाट आउने जनसंख्या निकै बढेकोले यस्तो अवस्था आएको जनाएको छ। जनघनत्व निकै बढ्ने तर आवास नबढेको जनाइएको छ ।

पछिल्लो समय अस्ट्रेलियामा घर भाडाको आतंकसंगै बेरोजगारीको समस्या पनि बढ्दै गैरहेको छ ।

एडिलेड र सिड्नी निकै महङ्गो भाडा भएको शहरमा परेका छन् भने अन्य स्थानमा पनि बढ्ने क्रम जारी छ ।

बाहिरबाट आउने विद्यार्थी तथा कम आय भएका सर्वसाधारणहरू निकै समस्यामा परेपछि यो विषयमा सरकारी निकायमा पनि कुरा उठ्न थालेको छ ।

भाडामा दिने घर तथा अपार्टमेन्टहरुको संख्या नबढेको तर दैनिक रूपमा बढिरहेको जनसंख्याले अस्ट्रेलियाको जीवनस्तर थप कष्टकर हुनसक्ने अनुमान गरिएको छ ।

बढेको भाडाकै कारण एउटा घरमा धेरै संख्यामा मान्छेहरू बस्न थालेपछि अर्को समस्या आउने देखिएको छ ।