औचित्यहीन विषय समावेश गरेर संविधान संशोधन हुँदैन : भट्टराई - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

औचित्यहीन विषय समावेश गरेर संविधान संशोधन हुँदैन : भट्टराई



हिमाल पोष्ट / ताप्लेजुङ, ९ मङ्सिर । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले समर्थन गर्न नसकिने विषयलाई समावेश गरेर संविधान संशोधनको कुरा उठाउनु जायज नभएको बताउनुभएको छ ।

कञ्चनजङ्घा हीरक महोत्सवका अवसरमा गृह जिल्ला आइपुग्नुभएका एमाले प्रचार र प्रकाशन विभागका प्रमुख भट्टराईले पत्रकार सम्मेलनको आयोजना गरी प्रश्न गर्नुभयो, “पाँच नम्बर प्रदेशलाई टुक्र्याउने तर अरु प्रदेशलाई यथावत् राख्ने विषयलाई कसरी पुष्टि गर्ने ? त्यस्ता औचित्यहीन र पुष्टि नहुने विषयलाई संविधान संशोधनका नाममा नल्याइयोस् भन्ने एमालेको माग हो ।”

तराई–मधेसका जनताले अङ्गीकृत नागरिकलाई कुनै पनि उच्च कार्यकारी पदमा पु¥याउनुपर्ने अडान नराखे पनि जबर्जस्ती स्वार्थपूर्तिका लागि अङ्गीकृतको कुरा संशोधनका विषयमा समावेश गर्न लागिएको जिकिर गर्दै सरकारले तराई र पहाडबीचको सम्बन्धलाई बिगार्न खोजेको आरोप लगाउनुभयो । रासस