बा उर्फ ड्याडी ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बा उर्फ ड्याडी !



दीपक घिमिरे

माया गरेर पनि हेपिएका एउटा पात्र हुन बा अर्थात् आधुनिक भाषामा ड्याडी । सयौ कथा कविता आमाका नाममा लेखिदा बा ओझेलमा परे । नौ महिना कोखको बयान गरेर आमालाई पुजिदा बा गुमनाम भए । तर के साँच्चै हामी छोराछोरीका निम्ति बा को कुनै मूल्य छैन त ?

आमाले कोखमा राखेर हामीलाई हुर्काउदा सहर पसिना बेच्दै हाम्रो भविष्य किन्ने बा हैनन र ? निधारको पसिनालाई कहिले पैसा सँग त कहिले अन्न सँग साटेर हामीलाई खुवाउने तिनै बा हैन्न र ? आफू भोकै बसेर परिवार पाल्न खाडीमा दुख गर्ने तिनै बा हैनन र ? अनि बाको चर्चा किन यति कम भएको ?

बा हरू सधैँ महान् छन् , उनीहरू कहिले आफ्नो कर्तव्य बाट पछि हटेनन । सधैँ सन्तान र परिवार प्रति बफादार रहे । आउनुस एकैछिन समाजमा भएका बा हरू बारे चर्चा गरौँ , जो कोही सकारात्मक बा छन् भने कोही नकारात्मक । तर आज म सकारात्मक बा हरुको मात्र बयान गर्नेछु ।

पिपलनेटा बजारका रामबहादुर पुन एउटा बा हुन । सन्तानको सुखको लागि भन्दै तीन वर्ष खाडीमा बसेर आएका रामबहादुर अहिले एक्लो छन् । खाडीमा कमाएको सम्पती कुम्ल्याएर श्रीमती नन्दकला अर्कै टिपेर टाप कसेपछी उनी सन्तान स्याहार्न खाडीबाट क्यान्सिल आएका हुन ।

तर आएको दुई तीन महिनामै सन्तानको नाममा भएका दुईभाई छोराले पनि साथ छाडे । बाउ रामबहादुर सँग अंश मुद्दा लडेर भएको एउटा घरपनी दुईभाईको नाममा पारेर बाउलाई डेरामा बस्ने बनाईदिए ती दुई भाइले ।

हामी खाडी सँगै बस्यौ , एउटै कम्पनीमा । कन्जुस स्वभावका रामबहादुरलाई शरीर को ख्याल गरेर खानपिनमा ध्यान दिन मैले सिकाउदा उनी भन्थे “ यहाँ पाँच रुप्पे बचाए भने भोलि मेरा छोराहरूले मैले जस्तो दुख पाउन पर्दैन । म सन्तानको भविष्यका लागि खाडी छिरेको हु , मस्ती गर्न होइन । ”

उनको कुराले खुसी लाग्थ्यो अनि सोच्थे “ हरेक बाउ हरुको मन आफ्नो सन्तान प्रति उस्तै हुन्छ होला । ”

तर सन्तानको मन फरक हुँदो रहेछ । खाडीमा कमाएको आधा–उधी नन्दकलाले कुम्ल्याई भने बचेको एउटा टहरो छोराहरूले । सन्तानको लागि रुने रामबहादुरलाई अहिले सन्तानले नै रुवाएका छन् ।

 

बा हरू सधैँ महान् छन् , उनीहरू कहिले आफ्नो कर्तव्य बाट पछि हटेनन । सधैँ सन्तान र परिवार प्रति बफादार रहे । आउनुस एकैछिन समाजमा भएका बा हरू बारे चर्चा गरौँ , जो कोही सकारात्मक बा छन् भने कोही नकारात्मक । तर आज म सकारात्मक बा हरुको मात्र बयान गर्नेछु ।

 

अर्का एउटा बा छन् हाम्रै टोलमा , दुर्गा प्रसाद पुलामी !

कालापारमा बाटो खनेरै भए पनि आफ्ना सन्तानका लागि बा को भूमिका राम्रो सँग निभाएका दुर्गा आजभोली एक्लै बस्छन । दुर्गाकी श्रीमती निर्मला आजभन्दा एघार वर्ष अघि भगवानको प्यारो भएर धर्ती छाडिन । उनले धर्ती छाडेकै वर्ष घर चलाउन जेठो छोरा कमलले बुहारी ल्यायो सुटुक्क । घरधन्दामा ठिकै बुहारी त्यति बेला खराब निस्कदै गै जतिबेला कान्छो छोरा ललितले पनि बुहारी भित्रायो ।

छोराहरुको खुसीका लागि आफ्नो सारा जीवन भारतका गल्लीहरुमा बिताएका दुर्गा प्रसाद बिस्तारै एक्लिन थाले ।
जेठोलाई माया गर्दा कान्छोले पिर मान्ने अनि कान्छोलाई माया गर्दा जेठोले पिर मान्ने अवस्था आएपछि एक दिन सबै छुट्टिए । बा लाई पाल्ने जिम्मा लिएको कान्छो सहर बसाई स¥यो , जेठो ससुराली गाउँ मा बस्न थाल्यो ।

कान्छी बुहारी को कचकचे व्यवहार सहन नसकेर दुर्गा प्रसाद पुलामी आजभोली हाम्रै गाउँघरमा हल्लिन्छन । उहीँ पुरानो घर छ , आफै पकाउछन एक्लै खान्छन ।

भारतमा गुलामी गरेर दुर्गा प्रसादले किनेको खेत बेचेर एउटा सहर बस्छ अर्को ससुराली ।

आजभोली दुर्गा प्रसाद ती दिन सम्झिदै भन्छन् “ यिन्को सुखका लागि कैयौ दिन भोकै बस्थे , कैयौ रात मन्दिरमा सुते । आफू नाङ्गै भएर भए पनि यिन्लाई हसाए तर आज उनीहरू हास्दैछन , यी हेर्नुस्त म रुदैछु । ”

साँच्चै दुर्गा प्रसाद ती दिन सम्झेर निक्कै रुन्छन । जुन दिनमा उनी सन्तानको भविष्य खोज्दै भौतारियका थिए ।

बा हरुको बयान गर्दा आमा ओझेलमा पर्नु हुँदैन र आमाहरूको बयान गर्दा बा ओझेलमा पर्नु हुँदैन । तर यहाँ जहिले आमाको बयान हुन्छ तर सन्तानको लागि आफ्नो जीवन बलिदान गर्ने बाहरुको कथा कहिले लेखिदैन । बा हरुको नाममा कविता कहिले लेखिदैन । त्यसैले आज मैले बा हरुको बयान गर्दैछु , जसले आफ्नाहरुको लागि सारा जीवन अर्पण गरे तर सन्तानले बा को अर्थ बुझेनन ।

भिमे सार्की बेलुवा बजारका दुखी मान्छे हुन । उनी बिहानै एउटा कुटुरो बोकेर बेलुवा बजारको चौपारोमा बस्छन अनि सुरु गर्छन् जुत्ता टालटुल अनि पालिसको काम । तीन छोरा र दुई छोरीका बा भिमे सत्तरी वर्ष पार गरे होलान् तर अझै उहीँ जुत्ता सिउछन , उहीँ ठाउँमा बसेर ।

जेठो दीपक कतार बस्छ , उसकी श्रीमती बेलुवा बजारको पुछारमा गजब घर हालेर बसेकी छे । माईलो साउदी बस्न थालेको धेरै वर्ष भयो , उसकी श्रीमती माईतै बस्छे । कान्छो पनि साउदी नै बस्छ तर बिहे गरेको छैन । छोरीहरू दुवैको बिहे भएर आफ्नै संसारमा रमाउदै छन् । श्रीमती मरेको बिस वर्ष जति भयो रे ।

एक दिन फाटेको जुत्ता सिउदै गरेका भिमे बा लाई सोधे “ कति दुख गर्नुन्च , अब छोराको कमाई खाने । ना–नातिना खेलाउने अनि घरै बस्ने । ”

बल गरेर जुत्ताको सोलमा सियो घुसाउदै उनले भने “ छोराहरू बुहारीका भैगे , छोरी ज्वाईका भैगे । सुख गर्नको लागि छोरा त छोरा जस्तो हुनुपर्च बाबु । आफ्ना त छोरापनि मोरा जस्ता भए । ”

उनी निराश देखिन्थे , मैले सोधे “ सबै बाहिर छन् , पैसा पठाउदैनन ? ”

सियोले घोचेको हातमा थुक लगाएर निमोठदै भने “ पठाउछन , उनकै जोईहरुलाई । मैले एक सुको पाएको रेकड छैन बाबै । ”

उनी पनि एउटा बा हुन । उनले पुराना कुरा सम्झिदै भने “ यै कुटुरो बोकेर यै ठाँममा आउन थाल्या चालिस वर्ष भो । त्यो बेला दिनभर काम गरेर साझ घर जाँदा दुई चार रुप्पे गोजिमा हुन्थ्यो अनि हातमा छोराछोरीका लागि मिठाई । त्यति बेला म सबैको प्यारो बाउ थिए । मेरा अघिपछी सन्तान झुम्मिन्थे । दिनभरको पीडा , दुख मैले सप्पै भुल्दथे । तर आज कठै म ! उनले छाडेर गएसी एक्लो छु । ”

भिमे लाई बाको माया नदिने उनका तिनभाई छोराहरू खाडीमा राम्रो कमाउछन रे । तर कसैले लौ बा भनेर एक सुको दिदैनन । त्यसैले त सत्तरी वर्ष पार गर्न लाग्दा पनि उहीँ कुटुरो बोकेर दिनहु जुत्ता टल्काउछन अनि सिलाउछन । तर बाको फाटेको मन सिलाउन छोराहरूले कहिले सोचेनन , आज पनि बा उस्तै छन् ।

पिपलनेटा बजारको थोरै माथि एउटा बृद्धाश्रम छ । त्यही बृद्धाश्रममा बस्छन रिजाल बाजे । सोच्दापनी अचम्म लाग्छ , त्यस्ता जिम्दार मान्छे बृद्धाश्रममा बस्छन भनेर , तर उनी बस्छन ।

हाम्रो गाउँ का पुराना जिम्दार हुन रिजाल बाजे । उ बेला पञ्चायती व्यवस्थामा गाउका प्रधान समेत भएका उनी अहिले असी वर्षको आसपासमा होलान् । एउटा छोरालाई डाक्टर बनाएका उनी अहिले त्यही छोरालाई सराप्दै बस्छन बृद्धाश्रममा ।

संस्थाले आयोजना गरेको फलफुल वितरणमा बृद्धाश्रम पुगेको बेला उनलाई देखे , अचम्म लाग्नु स्वभाबिकै थियो । करोडौका जिम्दार , डाक्टर छोराका बाउ एक किलो स्याउ र आधा दर्जन केरा समात्दै मलाई हेरेर मुसुक्क हासे । मैले अध्यारो अनुहार लगाए ।

मलाई उनी सँग गफिनु थियो । फलफुल वितरण कार्यक्रम सकियपछी पिढिंमा बसेका रिजालबाजे लाई बगैँचा तिर डो¥याउदै सोधे “ आखिर किन यहाँ बाजे ? तपाईँ त …………….?

बगैचाको बिचमा पुगेर आखाको पावरदार चस्मा निकालेर आँसु पुच्छ्दै भने “ छोरा नालायक निस्कियो , अनि बुहारी चण्डाल । कुन जुनीमा गरेको पापको सजाय भोग्दै छु खै । ”

उनले हिक्का छाडेनन , तर धेरै आशु बगाए ।

उनले भन्दै गए “ डाक्टरी सकेर सहर बस्ने योजना सुनायो । गाउका सबै जग्गा बेचेर काठमाण्डौमा घर किने , बचेको पैसा उसैको बैङ्क एकाउण्टमा मा राख्दिए । गाउमा म नाङ्गै भए । सहर छिरेको दुई महिनामै मलाई घरबाट निकाल्दियो । ”

टाउकोमा लगाएको टोपी निकालेर आँसु पुछ्दै फेरि भने “ उ दिनभर अफिस , बुहारीले जुठा भाडा सम्म मझाउन थाली मलाई । ”

उनले बिचमा आउने हिक्क रोक्दै भने “ खाने समयको फिक्स नहुने , सुगर र प्रेसरको बिरामी मलाई एउटा कुकुरको व्यवहार गर्थि बुहारी । डाक्टर आफै हो छोरा तर मैले के खान हुन्छ या के खान हुँदैन भन्ने कुनै ख्याल नगर्दिने उसले , मेरो माया भए पो ख्याल होस । ”

यो पटक उनी हिक्का छाडेरै रोए । मैले मेरो छातीमा उनको टाउको राख्दै भने “ छोरा लिन आउदैनन ? उनले आजभोली जाऊ सँगै बसौ भन्दैनन ? ”

मेरो छाती बाट टाउको उठाउदै भने “ यहाँ सम्म ल्याएर छाडने उहीँ मोरो हो । नत्र जति दुख पाएपनी त्यही बस्न मन थियो । मलाई पनि नाति–नातीना खेलाउन रहर थियो । यो बुढेसकालमा एक्लै बस्न कस्लाई हुन्छ र रहर ? ” उनले उल्टो प्रश्न गरे ।

आफ्नै बाउलाई बृद्धाश्रम सम्म छाडन सक्ने छोरालाई सम्झेर मलाई समेत पीडा भयो , झन् उसको खुसी हेर्न चाहने बाउ लाई कस्तो हुन्छ होला ?

उनले त्यो दिन सम्झिदै भने “ बिहान बुहारी सँग हल्का टाक्क टुक्क प¥यो । बेलुका छोराले बुहारीलाई सम्झाउला भनेर पर्खेर बसेको थिए तर त्यही दिन बेलुका गाडीमा हालेर यहाँ ल्यायो अनि अब यतै बस्नुस भनेर निस्कियो । त्यसपछि अहिले सम्म एक पटक फर्केर आएको छैन । ”

उनी खस्कदो उमेर र सुगर अनि प्रेसरले कमजोर हुँदै थिए । काम्दै गरेका हातले कोटको गोजि बाट एउटा फोटो निकालेर मलाई देखाउदै भने “ यो नाति हो , चार वर्षको भयो रे । अस्ति एउटालाई सुटुक्क ल्याईदिन भनेको थिए । अब एक पटक यस्लाई आफ्नै हातले खेलाउन पाए सजिलै मर्न सक्थे , अनि स्वर्गमा बाँस पाउथे जस्तो लाग्छ । ”

रिजाल बाजेको सन्तान प्रतिको माया देखेर मेरा समेत आँसु छचल्किय । बा को महत्त्व अनि गुन बिर्सने छोराहरुलाई सराप्दै निस्किए ।

यो चैँ समाजमा भेटीएका सकारात्मक बा हरुका चर्चा हुन । हो ! समाजमा धेरै बा हर छन् जो नकारात्मक पनि छन् जस्का चर्चा आगामी दिनमा गर्ने छु ।