फुट र प्रतिगमन दुवै पराजित भए, अब एकता हुनमात्र बाँकी छ- बास्कोटा - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

फुट र प्रतिगमन दुवै पराजित भए, अब एकता हुनमात्र बाँकी छ- बास्कोटा



काठमाडौं । सांसदसमेत रहेका नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले अब फेरि पार्टी एकताको ढोका खुल्न बाँकी रहेको बताएका छन् ।

आइतबार एमालेसहितका दलहरूको समर्थनमा पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने सहमति भएपछि बास्कोटाले ‘फुट र प्रतिगमन दुवै पराजित’ भएको टिप्पणी गरेका छन् ।

“फुट र प्रतिगमन दुवै पराजित । विश्वास र एकताको सुस्तरी ढोका खोल्न बाँकी रह्यो ।चोटपछि चेत आउने यसरी नै हो,” बास्कोटाले फेसबुकमा भनेका छन् ।