बाबु, छिटो बुबु खा, नत्र म त्यो अंकललाई ख्वाइदिन्छु - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बाबु, छिटो बुबु खा, नत्र म त्यो अंकललाई ख्वाइदिन्छु



– बसमा एउटी महिला : बाबु, छिटो बुबु खा, नत्र म त्यो अंकललाई ख्वाइदिन्छु ।
शेरे (मनमनै) : फुच्चे छिटो डिसाइड गर, तेरो चक्करमा बल्खु झर्ने मान्छे स्वयम्भू आइपुगिसकें…..।

एउटा मान्छेले भगवान्सँग भनेछ :
‘मलाइ दु:ख देऊ,
पीडा देऊ,
टेन्सन देऊ,
मेरा सुख शान्ति सबै लुट,
मलाइ बर्बाद गरिदेऊ ।’
त्यो कुरा सुनेर भगवान्ले भनेछन् :
‘के नाटक गरिरा’ होला ?
सीधै भन न बरु
श्रीमती चाहियो भनेर ।’

आमा : छोरा, सुन्तला खान्छस् ?
छोरा : नाइँ… खान्नँ…..
आमा : छोरा, स्याउ खान्छस् ?
छोरा : नाइँ… खान्नँ…..
आमा : छोरा, अंगुर खान्छस् ?
छोरा : नाइँ… खान्नँ…..क्या !
आमा : पूरै बाउतिर गा’को छ….चप्पल मात्र खान्छ ।

केटी : शेरेसँग
केटी : चन्द्रमा कहाँ छ ?
शेरे : चन्द्रमा दुईवटा छ एक चन्द्रमा आकाशमा, अनि दोस्रो तिमी ।

केटी : हाउ स्विट्
विवाहपछि
श्रीमती :
 चन्द्रमा कहाँ छ ?
शेरे : अन्धी छेस् कि क्या हो ?
त्यो माथि तेरो बाउ
सिएफएल चिम लिएर
बसेको हो र ?

पुतली : यदि म मरे भने तपाईं के गर्नुहुन्छ ?
शेरे : सायद, म पनि मर्छु होला
पुतली : किन र, यति धेरै माया गर्नु हुन्छ र मलाई ?
शेरे : कहिलेकाहीं धेरै खुसी पनि ज्यानका लागि खतरनाक हुन सक्छ क्या !

सप्ताहिकबाट