नास्तिकहरू सकिने बेलामा ईश्वरको शरणमा पुग्छन्: डा. भट्टराई - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

नास्तिकहरू सकिने बेलामा ईश्वरको शरणमा पुग्छन्: डा. भट्टराई



काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको आखिरी दिन आएको बताएका छन् ।

उनले ओली शासनको आखिरी दिन आएको कारण पशुपतिनाथको शरणमा पुगेको बताएका हुन् ।

कतिपय नास्तिक आफ्ना आखिरी दिनमा ईश्वरको शरणमा जाने उल्लेख गर्दै डा. भट्टराईले प्रधानमन्त्री ओली पशुपतिनाथमा जानु त्यसैको संकेत हुन सक्ने अनुमान गरेका हुन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेको डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘बिहान ‘कम्युनिस्ट’ ओलीद्वारा पशुपतिमा सवा लाख बत्ती प्रज्वलन ! दिउँसो नागरिक आन्दोलनकारीमाथि यो नृशंश प्रहरी दमन, भनिन्छ कतिपय नास्तिकहरू पनि आफ्ना आखिरी दिनमा ईश्वरको शरणमा जान्छन् ! के ओलीतन्त्रको आखिरी दिन आएको हो? पशुपतिनाथले ओलीतन्त्रको रक्षा गर्लान् ?’