बाबुराम भट्टराई भन्छन : यी बादल होइनन, अर्कै प्राणी हुन् - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

बाबुराम भट्टराई भन्छन : यी बादल होइनन, अर्कै प्राणी हुन्



काठमाडौं- रुकुम पश्चिमको घटनाले यतिबेला सदनदेखि सडकसम्म तताएको छ । मानवअधिकार आयोग देखि विभिन्न आयोगले निस्पक्ष छानबिनक माग गरिरहेका छन । यतिसम्म कि राष्ट्रसंघका प्रतिनिधिले समेत यो विषयमा चासो राखेका छन् ।

सोहि घटनालाई लिएर संसदीय समितिमा जवाफ दिन पुगेका गृहमन्त्री रामबहादुर थापाले अमेरिकाको उदाहरण दिंदै यस्ता घटना जहान पनि हुने र भैरहने बताएपछि धेरैले बादलको अभिव्यक्ति गैरजिम्मेवार भएको आरोप लगाएका छन् ।

सोमबार संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिमा जातीय विभेदका कारण घटना भएको उल्लेख गर्दै उनले भने, ‘यहाँ नेपालमा मात्रै होइन, अमेरिकामा पनि विभेद छ ।’

अभिव्यक्ति विवादित बनेपनि गृहमन्त्री थापाले रुकुम पश्चिम घटनाको ढाकछोप हुन नदिने र दोषीलाई कारबाही गरेरै छाड्ने प्रतिबद्धता भने व्यक्त गरे । घटनाको छानबिन गर्न उच्चस्तरीय समितिसँगै विभिन्न सूत्रहरू प्रयोग भइरहेको उनले बताएका थिए ।

यता उनको अभिव्यक्तिप्रति बादलसंगै १० वर्ष जनयुद्ध लडेका तत्कालिन सहयात्री हालका जसपाका नेता बाबुराम भट्टराईले उनि पुराना बादल नभएको टिप्पणी गरेका छन् । भट्टराईले उनि पहिलेको बादल नभएर अर्कै प्राणि हो कि भनेर प्रश्न समेत गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा लेख्दै भट्टराईले ‘वहाँ हामीसंगै वर्गीय/जातीय/लैंगिक/जातपातजन्य उत्पीडनका विरूद्ध जनयुद्ध लडेको क. बादल हो कि अर्कै प्राणी हो? भन्दै प्रश्न गरेका छन् ।

गृहमन्त्रीको भनाईलाई लिएर डा.बाबुराम भट्टराईले प्रश्न गरेका छन्, ‘वहाँ हामीसंगै वर्गीय/जातीय/लैंगिक/जातपातजन्य उत्पीडनका विरूद्ध जनयुद्ध लडेको क. बादल हो कि अर्कै प्राणी हो? हामीले पुँजीवादका विकृतिभन्दा माथि उठेको समाजवादी संस्कृति निर्माणगर्ने भनेको हैन?रूकुममा दलितको नरसंहारलाई यसरी ढाकछोप गर्न मिल्छ?अब त झन् सर्वदलीय संसदीय छानवीन हुनैपर्छ!’