बाबुराम भट्टराईले गरे पूर्वराजा ज्ञानेन्द्र शाहको खुलेर प्रशंसा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बाबुराम भट्टराईले गरे पूर्वराजा ज्ञानेन्द्र शाहको खुलेर प्रशंसा



काठमाडौं- पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले पूर्वाराजा ज्ञानेन्द्र शाहको खुलेर प्रशंसा गरेका छन् । डा. भट्टराईले शुक्रबार ट्वीट गर्दै उनको प्रशंसा गरेका हुन् ।

सधैभरी पूर्वराजामाथि खनिने र हरेक पूर्वराजाको हरेक क्रियाकलापमा प्रहार गर्ने भट्टराईले नै उनको खुलेर प्रशंसा गरेका छन । यसअघि देश दौडाहा गर्दा समेत आलोचना गरिरहने भट्टराईले पूर्वराजाको नेपाली माटोप्रतिको माया स्तुत्य रहेको भन्दै लेखेका छन् ।

भट्टराईले भनेका छन् पूर्व राजा ज्ञानेन्द्र शाहको नेपाली माटोप्रतिको माया स्तुत्य छ । स्वाधीनता,सार्वभौमसत्ता,भौगोलिक अखण्डताको पक्षमा सबै नेपाली एकढिक्का छौं र हुनुपर्छ।

उनले थपेका छन् तर”हाम्रा पूर्खा”को अर्थ शाह वंश र गोरखाली(म समेत)मात्र नलागोस्!यो माटोको आर्जन र रक्षामा खस-आर्य,आदिवासी जनजाति,मधेसी-थारू सबैको रगत बगेकोछ ।

यस्तो छ उनको ट्वीट

पूर्व राजा ज्ञानेन्द्र शाहको नेपाली माटोप्रतिको माया स्तुत्य छ।स्वाधीनता/सार्वभौमसत्ता/भौगोलिक अखण्डताको पक्षमा सबै नेपाली एकढिक्का छौं र हुनुपर्छ।तर”हाम्रा पूर्खा”को अर्थ शाह वंश र गोरखाली(म समेत)मात्र नलागोस्!यो माटोको आर्जन र रक्षामा खस-आर्य,आदिवासी जनजाति,मधेसी-थारू सबैको रगत बगेकोछ।