बाबुरामले नयाँ पार्टी खोलेको हल्ला झुटो, चुनाव चिन्ह पनि अर्कैको - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बाबुरामले नयाँ पार्टी खोलेको हल्ला झुटो, चुनाव चिन्ह पनि अर्कैको



काठमाडौं- पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ पार्टी दर्ता नगरेको खुलेको छ । भट्टराईले नयाँ पार्टी खोलेको हल्लापछि निर्वाचन आयोगले नयाँ पार्टीमा उनी आवद्ध नरहेको जनाएको छ।

निर्वाचन आयोग स्रोतले नेपाल समाजवादी पार्टी (नेसपा)मा बाबुराम संलग्न नभएको जनाएको छ । समावेशी लोकतान्त्रिक पार्टी (सलोपा)को नाम परिवर्तन भएर नेसपा भएको तर त्यसमा भट्टराईको नाम उल्लेख नभएको निर्वाचन आयोग स्रोतले जनाएको छ।

आयोगको अभिलेख अनुसार बाबुराम जनता समाजवादी पार्टीमै छन् । बाहिर गरिएको प्रचारबाजी किन र के का लागि गरिएको भन्ने आयोगलाई थाहा नभएको जनाइएको छ । उक्त प्रचार बाबुराम निकटकै नेताहरूले गरिरहेको समेत खुलेको छ ।

जनता समाजवादी पार्टीमा विवाद चर्किदै गर्दा २०७८ फागुन ५ गते भट्टराई पक्षकै दिपक लामिछानेले सलोपा दर्ता गराएका थिए। यो पार्टीले खुलेको एक आँखा चुनाव चिह्न पाएको थियो।

खुलेको एक आँखा भट्टराईको पहिलाको पार्टी नयाँ शक्तिको चुनाव चिह्न थियो।