बाबुराम जी मधेसी सङ्ग पार्टी एकता गर्दै हुनुन्छ भने सडकमा केको बखेड़ा गर्नु भएको छ? - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

बाबुराम जी मधेसी सङ्ग पार्टी एकता गर्दै हुनुन्छ भने सडकमा केको बखेड़ा गर्नु भएको छ?



लेखक :आरबी खड्का

बाबुराम भट्टराई जी ले नेतृत्व गर्नु भएको नया सक्ति पार्टी भित्रको अराजकता सडकमा छताछुल्ल पोखियो, पार्टी नेता, कार्यक्रर्ताहरू उठ्नै नसक्ने गरी थला परे परेका छन जस्तो देखिएको छन । अब चुनाव चिन्हको महत्व रहेन । जब तपाई मधेसी सङ्ग पार्टी एकता गर्दै हुनु छ भने सड़कमा केको बखेड़ा गर्नु भएको छ?डा. बाबुराम भट्टराई पार्टीको पहिलो चुनावमा सहभागी नभइ असफल बन्ने लक्षण देखिँदैछ । यसबाट के प्रष्ट हुन्छ भने, कुनै राजनीतिक उद्देश्य र जनताको त्याग बलिदानको आन्दोलनबाट नआएको पार्टी, जनताको पार्टी हुदैन । त्यसमा जनताको साथ पनि नहुने रहेछ । पार्टीका आमनेता कार्यकर्ता मधेशी दलसँग पार्टी एकता गर्न नहुने मत जाहेर गर्दागर्दै पनि डा. बाबुराम भट्टराई जटिलतामा फसेका छन् ।

डा. बाबुराम भट्टराईको पछि लागेका कार्यकर्ता विचल्लीमा पर्दै गएका छन् । अहिले डा. बाबुराम भट्टराई को अनुहारमा निराशा बाहेक केही देखिँदैन । नया सक्ति मा थुप्रैको मन भाँचिएको छ | टुक्रिएको हृदय र भाँचिएको मन एकै झट्कामा जोडिन सक्दैन | व्यक्ति र प्रवृतिको बिरोध गर्नुको साटो न रहे बाँस न बजे बाँसुरी भने झैं भएको छ ! डाक्टर बाबुराम भट्टराई जी मदेशी सङ्ग को एकता भन्दा पुरानो घरमा फर्किनुस तपाईलाई हिजो पनि आज पनि सम्मान गर्छौ ।  डाक्टर साब तपाईले मधेस को गौर हत्याकाण्ड भुल्नु भएको छैन होला ? हिजो नया सक्तिको कार्येक्रम मा केपीले एमाले बाहेक अरु पार्टी लाई धक्का दिन सक्छ भने पछि डाक्टर साब मक्ख पर्नु भयो केपीको जयकार गर्नु भयो तपाईले ओलीप्रति भक्तिभाव प्रकट गर्नुपर्ने कुनै कारण छैन । ओलीकै कारणबाट महाकाली सन्धिजस्तो राष्ट्रघाती सन्धि मध्यरातमा पारित गरिएको थियो।

त्यही सन्धिका कारणबाट नेकपा एमाले विभाजित भएर देशको बामपन्थी राजनीति नै कमजोर बन्न पुगेको हो । त्यसपछि पनि भारतलाई खुसी बनाउनकै लागि ओलीकै अगुवाईमा नागरिकता विधेयक पारित गर्ने प्रयास भएको थियो । सांसद खरिद बिक्रीदेखि लिएर संसदलाई पजेरो काण्डका नामबाट बदनाम गराउने काम पनि ओलीजीकै अगुवाईमा भएका बिक्रितिजन्य कामहरू हुन् । त्यसैले ओलीजीलाई मैले राष्ट्रवादी व्यक्तित्व भनेर लेख्नुपर्ने कुनै कारण छैन फल राम्रोसंग फल फलेन भनेर रुख काट्ने प्रवृतिको बिकास होइन मल हाल्ने सोचलाई कायम गर्न सक्नु पर्छ | नेपालमा हरेक परिवर्तन संग माओवादी जनयुद्ध र कमरेड प्रचण्ड , डा. बाबुराम भट्टराई नाम जोडिन्छ। गणतन्त्र, संघीयता , धर्म निरपेक्ष, समानुपातिक समाबेशी, संविधान निर्माण आदि कुराहरुमा माओवादी जनयुद्धको रगतको साइनो छ।

जो जनयुद्धमा सर्बस्व त्यागेर क्रान्ति भनेर लागे उनिहरुले व्यक्तिगत रुपमा केहि नपाए नि देशले धेरै कुरा पाइसकेका छन। मात्रै संविधान कार्यनयनको दिशामा देश अगाडि बढ्यो भने एमाले कांग्रेसले छरेका भ्रमहरु एकएक गरि चिर्दै जानेछन। समृद्धि नेपालको लागि शहर केन्द्रीय विकास देखाएर मात्रै बैधानिकता मान्न सकिन्न अब विकास गाउँ केन्द्रित हुनु पर्छ जसको नेतृत्व माओवादी प्रतिनिधिले नै गर्नु पर्छ। अब हरेक स्थानीय लेवल माओवादीको नेतृत्व हुन आवश्यक छ। जसका लागि जनताले स्थानीय चुनाबमा माओवादी केन्द्रलाई भोट दिनुको अरु विकल्प छैन। विकास अनि पिछडिएका जाति समुदायको हक अधिकार सुनिश्चिताको लागि माओवादी केन्द्रलाई रोज्नै पर्छ। कांग्रेस राजावादी, एमालेलाई स्थानीय चुनाबमा भोट दिनु भनेको उज्यालो यात्रालाई बन्द गरेको अँध्यारो रातको गन्तव्य समाउनु जस्तै हो।जसको एजेन्डा उसैको नेतृत्व हुन आवश्यक छ।