बाबुराम कतै टिक्न नसक्ने अस्थिर मान्छे हुन् :नेता श्रेष्ठ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बाबुराम कतै टिक्न नसक्ने अस्थिर मान्छे हुन् :नेता श्रेष्ठ



गोरखा /कात्तिक ११ ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नयाँ–शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको कुनै राजनीतिक लाइन नभएको दाबी गरेका छन् ।

गोरखा २ का प्रििनधिसभा निर्वाचनका उम्मेदवार समेत रहेका नेता श्रेष्ठले राजनीति गर्नै नेतामा बिचार सहितको स्पष्ट लाइन आवश्यक रहेको भन्दै बाबुरामले अब जनहितकोलागि कुनै काम गर्न नसक्ने बताए । बाबुराम कतै टिक्न नसक्ने अस्थिर मान्छे भएको उनको आरोप छ ।

आज गोरखामा आयोजित एक कार्यक्रममा बोल्दै उनले अबको निर्वाचनले गोरखा जिल्लालाई वाम गठबन्धनको किल्ला बनाउने दाबी गरे ।
उनले वाम गठबन्धनलाई जिताउन सबै गोर्खाली जनतालाई अग्रसर हुन आग्रह गरे ।