माओवादी केन्द्रसँग मिले बाबुराम - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

माओवादी केन्द्रसँग मिले बाबुराम



नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराईको समाजवादी पार्टी मिलेका छन् । प्रचण्ड र बाबुरामबीच एउटै चुनाव चिह्न र एउटै घोषणापत्र बनाउने सहमति भएको छ।

अब बाबुराम भट्टराई र उनका उम्मेदवारहरू माओवादी केन्द्रकै चुनाव चिह्न गोलाकार भित्र हँसिया हथौडा र उही घोषणापत्र लिएर चुनाव लड्नेछन्।

उपेन्द्र यादवसँग द्वन्द्व भएपछि केही दिनअघिमात्रै बाबुरामले नयाँ पार्टी गठन गरेका थिए र चुनाव चिह्न ‘आँखा’ लिएका थिए।

समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेका अनुसार सोमबारसम्ममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बाबुरामबीच यो सहमतिमा औपचारिक हस्ताक्षर हुनेछ।

यसबारे दुवै नेताबीच केही दिनदेखि छलफल भइरहेको थियो।