बाबुरामकी छोरी मानुषी काठमाडौंबाट चुनाव लड्ने, पार्टीबाट नपाए स्वतन्त्र - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बाबुरामकी छोरी मानुषी काठमाडौंबाट चुनाव लड्ने, पार्टीबाट नपाए स्वतन्त्र



काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई काठमाडौंबाट छुनाव लड्ने भएकी छन् । उनले आउँदो आम निर्वाचनमा काठमाडौंबाट चुनाव लड्ने तयारी गरेकी हुन् ।

कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने तय नभएपनि काठमाडौं क्षेत्र नम्बर ५ वा ७ मध्ये एउटा क्षेत्रबाट प्रतिनिधिसभा निर्वचन लड्ने उनले बताएकी छन् । स्थानीय निर्वाचनमा युवाहरूले निर्वाचन जितेपछि देशैभर आम निर्वाचनमा युवाहरू उठ्ने तयारी गरेका छन् ।

उनी जनता समाजवादी पार्टी जसपाबाटै लड्ने तयारी गरेकी छन् । उनलाई काठमाडौंबाट चुनाव लड्न पार्टीबाट नै प्रस्ताव आएको बुझिएको छ । उनले निर्वाचनको आन्तरिक तयारी थालिसकेको बुझिएको छ ।

पार्टी र आफन्तसँग छलफल गरेर कुन क्षेत्रबाट उठ्ने भन्ने तय हुने उनको भनाई छ । २०६४ सालको संविधानसभा निर्वाचनमा मानुषीकी आमा हिसिला यमी तत्कालिन नेकपा माओवादीबाट काठमाडौं क्षेत्र नम्बर ७ मा निर्वाचित भएकी थिइन् ।

त्यसपछि २०७० सालको संविधानसभामा सोही क्षेत्रमा भने उनीपराजित भएकी थिइन् । मानुषीका बाबु डा. बाबुराम भट्टराई भने २०६४ र २०७४ को निर्र्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भए भने २०७० सालमा गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

हाल सत्तारुढ गठबन्धनमा रहेको जसपाले गठबन्धनभित्र निर्वाचन क्षेत्र भागवण्डामा काठमाडौंको निर्वाचन क्षेत्र जसपाले नपाए मानुषी स्वतन्त्रमा भएपनि उठ्ने तयारी गरेकी छन् ।