बाबुरामले धोका दिए:नयाँ शक्ति बनाउने सपना देखाएर अरु संग पार्टी एकता गर्न लागे - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बाबुरामले धोका दिए:नयाँ शक्ति बनाउने सपना देखाएर अरु संग पार्टी एकता गर्न लागे



काठमाडौं ,साउन ८ ।

आन्तरिक विवादका कारण संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकतामा समस्या देखिन थालेको छ । दलमा एकताको पक्ष र विपक्षमा फरक फरक विचार देखिएपछि एकता प्रक्रिया जटिल बन्दै जान थालेको छ ।

आजको नयाँ पत्रकिामा खबर छ– नयाँ शक्तिका केशव दाहाल, डम्बर खतिवडा लगायतका नेताहरु फोरमसँग एकता गर्ने पक्षमा छैनन् । उनीहरुले बरु साझा पार्टी र विवेकशील नेपाली दलसँग एकता गर्न सकिने धारणा राखेका छन् । उपेन्द्र यादवको फोरम पुरानै दल भएको भन्द्यै उनीहरु त्यस्तो दलमा नजाने मनस्थितिमा छन् ।

एनजिओवालाको अर्कै मत
लामो समय आइएनजिओ–एनजिओमा बिताएका हेी नेताहरु पनि उपेन्द्र यादवसँग पार्टी एकता गर्ने पक्षमा छैनन् । डा. प्रदीपमान तुलाचन, लिली थापा, दुर्गा सोबलगायतका नेताहरु एनजिओ पृष्ठभूमिबाट आएका छन् । उनीहरु पार्टी एकताको विषयमा विभाजित छन् । बाबुराम भट्टराईलाई नेता मानेर आएको, तर उनको नेतृत्वमा एकता नहुँदा एकताको सान्दर्भिकता के हो ? भन्ने उनीहरुको प्रश्न छ ।

पूर्व माओवादी नेताहरु एकताको विपक्षमा 
माओवादी पृष्ठभूमिबाट आएका नेताहरु उपेन्द्र यादवलाई नेता मानेर एकतामा जाने पक्षमा देखिउका छैनन् । यो ठूलो समूह माओवादीमा हुँदाका क्षेत्रीय ब्युरो सदस्य रहेका उपेन्द्य्र यादवलाई नेता नमान्ने पक्षमा छन् । देवेन्द्र पौडेल, कुमार पौडेल, गंगा श्रेष्ठ, खिमलाल देवकोटा त्यतिबेला उपेन्द्रभन्दा सिनियर थिए । त्यही कारण उनीहरु पूरानै पार्टीमा फर्किनसमेत तयार देखिन थालेका छन् ।

बाबुरामले धोका दिएको आरोप 
बाबुराम भट्टराई नेतृत्वमा नयाँ शक्ति बनाउने सपनामा आएको, तर अहिले एकताको नाममा पुरानै पार्टीमा जाने हो भने उनले गम्भीर धोका दिएको हुने मत पनि बलियो छ । खासगरी यो मत राख्नेमा अन्य दलका पृष्ठभूमि रहेका र विदेशमा रहेका शुभेच्छुक बढी छन् । तर, राजनीति नबुझेका व्यक्तिहरुले बाबुरामले धोका दिएको तर्क गर्ने अतिवादी धारणा रहेको नयाँ शक्तिका नेता खिमलाल देवकोटाको टिप्पणी छ ।

बाबुरामको नेतृत्व अनिवार्य 
एकताका क्रममा बाबुराम भट्टराईलाई प्रमुख नेता बनाउनुपर्ने तर्क नयाँ शक्तिका नेताहरुको छ । बाबुरामलाई नेतृत्व नदिने अवस्थामा एकता आवश्यक नभएको उनीहरुको बुझाइ छ । बाबुरामको नेतृत्वमा बाहेक एकता स्वीकार्य नभएको नयाँ शक्तिका नेता गंगा श्रेष्ठले बताए ।