गृहमन्त्रीकै भाईको फिरौती धन्दा: जेलभित्र 'मास्टरप्लान' - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गृहमन्त्रीकै भाईको फिरौती धन्दा: जेलभित्र ‘मास्टरप्लान’



काठमाडौं– फिरौती संकलनमा सक्रिय रहेको आरोपमा नरेश थापा पक्राउ परेका छन् । उनि गृहमन्त्री रामबहादुर थापाका आफ्नै भाइ हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याका योजनाकार समीरमान बस्नेतसँग मिलेर नरेश थापाले फिरौती उठाउने र व्यबसायीलाई आतंकित बनाउने गरेको खुलेको छ ।

समीरमान बस्नेतलाई घटनाको तीन महिनापछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतबाट पक्रेर ल्याएको थियो । यिनै समीरसँग नरेशको सम्पर्क जोडिएको प्रहरीको दाबी छ ।

दुई वर्षअघि राजधानीमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या गरिएको थियो यो हत्याकाण्डका मुख्य अभियुक्त समीरमान बस्नेत हुन् । उनि हाल सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका छन् । थुनाभित्रैबाट फिरौति संकलन तीव्र बनाएको सूचना पाएपछि सिआईबीले गत साउन अन्तिम साता उनका सहयोगी पवन खण्डका र सुरेन नगरकोटीलाई समातेको थियो ।

समीरले फिरौती संकलनमा खटाएका यी दुई व्यक्ति पक्राउ परेसँगै गृहमन्त्रीका भाइ नरेश थापा पनि यसमा संलग्न देखिएका छन् ।

यसरी देशको गृहमन्त्रीकै आफ्नै भाई संलग्न हुनुले भने एउटा गम्भीर अवस्था देखाएको छ ।