बाँदरको आतंक रोक्न सर्वोच्च रिट - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बाँदरको आतंक रोक्न सर्वोच्च रिट



२३ चैत, काठमाडौं । पशुपतिका बाँदररको आतंक रोक्न सर्वोच्च अदालतमा रिट परेको छ ।

ती दुवै धार्मिक क्षेत्रका बाँदरको आतंकबाट भक्तजन पीडित बनेको र विभिन्न रोग सर्ने जोखिम बढेको भन्दै मंगलबार अभिवक्ता मधुर पाठकले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
बाँदर आतंकले पशुपति मन्दिर परिसरमा पूजा गर्न आउने भक्तजनहरुमा असुरक्षा बढेको तथा सहज रुपमा पूजाआजा गर्न बञ्चित हुँदै आएको रिट निवेदनमा उल्लेख छ ।

रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष र कोष सञ्चालक समितिलाई विपक्षी बनाइएको छ । आजको नयाँ पत्रिका दैनिकमा निराजन पौडेलले खबर लेखेका छन् ।