प्रचण्डका भाईले दिए 'ज्यान मार्ने धम्कि' - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रचण्डका भाईले दिए ‘ज्यान मार्ने धम्कि’



चितवन।

बाँदरमुढे घटनाका पीडितलाई नेकपा माओवादी केन्द्रका स्थानीय नेताहरुले पुनः ज्यान मार्ने धम्की दिएका छन् ।

बाँदरमुढे घटना पीडित संघर्ष समितिका उपाध्यक्षसमेत रहेका कृष्ण अधिकारीले माओवादी र वाईसीएल कार्यकर्ताले फेरि मार्ने धम्की दिएको बताए ।

पुरानो घटनालाई चुनावी मुद्दा नबनाउन उनीहरुले चेतावनी दिएको अधिकारीले बताए ।

 प्रचण्डका भाइ  नारायण दाहाल र वाईसीएल कार्यकर्ताले हिजो, अहिले पुरानो घटना नब्युँताउनू, चुनावपछि जे पनि हुन सक्छ । ज्यानसम्म जान सक्छ भनेर धम्क्याएको  श्रोतले जनाएको छ  ।

यहाँ चुनाव भन्दा पनि आतंक मच्चाउने काम भयो । बाँच्न नै समस्या भयो ।” कृष्ण अधिकारीले भने  ।

उता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज माडीको बाँदरमुढे पुगेर स्मारकमा माल्यार्पण गरेका छन् ।

उनले सो क्रममा सशस्त्र द्वन्द्वको क्रममा घटेको सबैभन्दा ठूलो भुल बताएका थिए ।