वाणगंगा नपाको बजेट रु ६७ करोड ३३ लाख - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

वाणगंगा नपाको बजेट रु ६७ करोड ३३ लाख



कपिलवस्तु,  भदौ २० ।

जनसंख्याको आधारमा कपिलवस्तुको सबैभन्दा ठूलो नगरपालिका वाणगंगा नगरपालिकाको पहिलो नगरसभाले आव २०७४÷७५ लागि करिब रु ६७ करोड ३३ लाख बजेट विनियोजन गरेको छ ।

नगर प्रमुख मंगलप्रसाद थारुले सोमबार भएको प्रथम नगरसभामा पेश गरेको ६७ करोड ३३ लाख ५९ हजार ९३६ को बजेट स्वीकृत भई विनियोजन भएको हो ।

यसमध्ये चालू खर्चतर्फ ४५ प्रतिशत अर्थात् रु ३० करोड नौ लाख ६४ हजार विनियोजन भएको छ । पुँजीगत खर्चतर्फ रु ३७ करोड २३ लाख ९५ हजार ९३६ रकम विनियोजन भएको छ जुन रकम कूल बजेटको ५५ प्रतिशत हो जितपुर (कपिलवस्तु),  भदौ २० गते । जनसंख्याको आधारमा कपिलवस्तुको सबैभन्दा ठूलो नगरपालिका वाणगंगा नगरपालिकाको पहिलो नगरसभाले आव २०७४÷७५ लागि करिब रु ६७ करोड ३३ लाख बजेट विनियोजन गरेको छ ।

नगर प्रमुख मंगलप्रसाद थारुले सोमबार भएको प्रथम नगरसभामा पेश गर्नु भएको रु ६७ करोड ३३ लाख ५९ हजार ९३६ को बजेट स्वीकृत भई विनियोजन भएको हो ।

यसमध्ये चालू खर्चतर्फ ४५ प्रतिशत अर्थात् रु ३० करोड नौ लाख ६४ हजार विनियोजन भएको छ । पुँजीगत खर्चतर्फ रु ३७ करोड २३ लाख ९५ हजार ९३६ रकम विनियोजन भएको छ जुन रकम कूल बजेटको ५५ प्रतिशत हो ।

वडास्तरीय कार्यक्रमका लागि रु ११ करोड, नगरका भौतिक सडक, खानेपानी, सिँचाइ, नदी नियन्त्रणजस्ता ठूला पूर्वाधार कार्यक्रमका लागि रु १६ करोड रकम छुट्याइएको छ ।

वडा तथा नगरपालिकाको भौतिक निर्माणका लागि रु एक करोड ३० लाख, मर्मत सम्भार कोषका लागि रु २५ लाख र दैवी प्रकोप कोषका लागि रु १५ लाख रकम विनियोजित भएको उपप्रमुख चक्रपाणि अर्यालले जानकारी दिए  ।

नगरपालिकाको भौतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, समग्र विकासका लागि २५ वर्षे बृहत् गुरुयोजना तयार गरिने भएको छ ।

सोही गुरुयोजनाका आधारमा क्षेत्रगतरुपमा विभिन्न आवधिक तथा अल्पकालीन योजना तयार गरी एक समृद्ध नगर निर्माणको अभियानलाई अगाडि बढाउने उद्देश्यका साथ नीति तथा कार्यक्रम प्रस्ताव भएको सो अवसरमा नगर प्रमुख थारुले जानकारी गराए  ।