बढ्दैछ कोरोना महामारी: फेरि थपिए २०१ जना - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

बढ्दैछ कोरोना महामारी: फेरि थपिए २०१ जना



काठमाडौं- कोरोना संक्रमणको महामारी देशभर फैलिने क्रम जारी छ । हाल हरेक दिन सर्वाधिक संक्रमित थपिएका छन् ।

आज बुधबार पनि ठुलो संख्यामा संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार २०१ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन गर्ने मिडिया ब्रिफिङका क्रममा नेपालमा थप २०१ जना संक्रमित थपिएको बताइएको हो ।

मंगलबार मात्र नेपालमा २८८ जना नयाँ संक्रमित थपिएका थिए ।

हालसम्म कोरोना निको भएर जम्मा २७८ जना घर फर्किएका छन् ।