तराईमा बाढी पहाडमा पहिरोको बितण्डा, २९ जनाको मृत्‍यु - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

तराईमा बाढी पहाडमा पहिरोको बितण्डा, २९ जनाको मृत्‍यु



काठमाडौँ ।

बाढी पहिरोमा परेर देशभर २९ जनाको मृत्यु भएको छ । गृह मन्त्री जनार्दन शर्माले शनिवार गृह मन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै देशभर बाढी पहिरोमा परेर २९ जनाको मृत्यु भएको बताएका हुन् ।
उनले बाढी पहिरोमा परेकाको उद्धारमा जुट्न पनि मातहतका निकायलाई निर्देशन दिएका छन् । जसअनुसार झापामा ४, मोरङमा ३, सुनसरीमा ७, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ गरी देशैभर२९ जनाको मृत्यु भएको उनले जानकारी दिए । कैयौँ बेपत्ता भएका छन् ।
गृहमन्त्री शर्माले बाढी प्रभावित क्षेत्रहरूमा जानका लागि विमानस्थलमा खाद्य तथा उद्धार सामग्रीहरू राखे पनि मौसम प्रतिकुल भएको कारणले जान नसकेको बताए ।