खिम्ती बाढीपिडितलाई राहात वितरण कार्यक्रम सम्पन्न  - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

खिम्ती बाढीपिडितलाई राहात वितरण कार्यक्रम सम्पन्न 



हिमाल पोस्ट /साउन १० 

रामेछाप काठमाडौँ सृजनशील समाजले खिम्ती बाढीपिडितलाई राहात वितरण कार्यक्रम शनिवार  सम्पन्न गरेको छ । मुख्य पीडित १५ घरधुरी र अन्य ९ घरधुरी गरी जम्मा २४ घर धुरीलाई सहयोग हस्तान्तरण गरेको हो । वितरण गरिएका सामानहरू लत्ता कपडा र भाडावर्तन छन् । सो वितरण कार्येक्रममा लिखु गाउपालिका उपाध्यक्ष दीपशिखा दाहाल , वार्ड अधक्ष्य शिव न्यौपाने , जनहितकोष सहकारी संस्थाका अधक्ष्य मुकुन्द कडरिया , खिम्ती माबी का प्र अ पवनराज पौडेलको समुपस्थि तथा रोहबर र स्थनीय समाजसेवीहरु , बुद्धिजीवी र सर्वसाधारणको समेतको उपस्थितिमा सहयोग समानहरु वितरण गरिएको हो ।

रामेछाप काठमाडौँ सृजनशील समाजको Coordination Committee का सदस्य सरिता बुढाथोकीको संयोजनमा समाजका सदस्य कृष्ण खत्री, र अन्य सहयोगी महिला दिदीबहिनीहरुको टोली घटना भएको क्षेत्रमा बिहानै देखि उपस्थित भई आवश्यक प्रबन्ध गरेको थियो । Coordination Committee का सदस्य सरिता बुढाथोकीले रामेछाप काठमाडौँ सृजनशील समाजको पृष्ठभूमि र उद्देश्य छोटकरीमा राख्दै बाढीपीडित सहयोग के कसरि र को कसले योगदान गरे भन्ने विषयमा जानकारी दिनुभएको थियो ।

रामेछाप काठमाडौँ सृजनशील समाजले मिति २०७४ असार २ गते खिम्ती बाढीपीडितलाई सहयोग सङ्कलन आवान गरी सङ्कलन कार्यको सुरुवात गरेको थियो । जिन्सी सामान करिब ३ लाख बराबरको वितरण गरियो। सहयोग वितरण कार्यक्रममा सहयोग गर्ने सहयोग दाता हरुलाई विशेष धन्यवाद प्रदान गरियो थियो ।

सहयोग गर्नेहरुमा लायन्स क्लब अफ काठमाडौँ फिलोशिपले करिब १ लाख ५० हजार बराबरको लत्ता कपडा ,न्यु पींच र पेरिश टेलारिंग ले करिब ४० हजार बराबरको लत्ता कपडा , गुराश स्वेअटर उदोघ ले ३० हजार बराबरको स्वेअटर , एभरेस्ट फुट वएरले ५० हजार बराबरको जुत्ता सहयोग गरी जम्मा जिन्सी सहयोग रु २ लाख सत्तरी हजार बराबरको गरेका थिए ।

समाज परिवर्तन काे सम्भावना हामी आफैले गर्न सक्छौ भन्ने उद्देश्यले जिल्लाबाट बाहिर रहेका युवबर्गबाट सञ्चालनमा अाएकाे उक्त संस्थाले स्थापना कालकाे एक वर्ष भित्र थुप्रै नयाँ कामकाे सुरुआत गरेकाे संथाका सदस्य प्रवीण अधिकारीले बताउनुभएको छ।उक्त संस्था का युवाहरूले सुरुवात गरेको याे काम भाेलि देशकाे विकासमा उच्च टेवा पुग्ने र युवाबर्गमा सकरात्मक सन्देश जाने पनि उहाँले बताउनुभएको छ।

यसै गरी यस संस्थाको खिम्ति बाढीपिडित कोषमा स्व स्फुर्त सहयोग घोषणा जम्मा रु ५६४४२ भएकोमा रु २५ हजार मात्र नगद जम्मा हुन आएकोले संन्स्थाले सो रकम सङ्कलन नहुन्जेल रु १० हजार हाली जम्मा रु ३५ हजारको खान पकाउने भाडाहरू  खरिद गरी प्रदान गरेको छ । जति सक्छौ त्यति गरौँ भन्ने अभियानमा सहभागी भएर सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरुलाई सृजनशील समाजले धन्यवाद ज्ञापन गरेको छ ।