बाढीपीडित पनि नक्कली ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बाढीपीडित पनि नक्कली !



भदौ २१, बाँके –

बाँकेमा १८ हजार घरधुरीले बाढीपीडितको फाराम भरेका छन् । अझै फाराम आउने क्रम जारी नै छ ।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र (डीओसी)का प्रमुख गौरीलाल बुढाथोकीले १८ हजार घरधुरीको फाराम आएको र तीमध्ये केही ठाउँको इन्ट्री गर्न बाँकी रहेको जानकारी दिए ।

अहिलेसम्म १४ हजार आसपासमा इन्ट्री भएको छ । जिल्ला दैवीप्रकोप उद्यार समितिले फाराम भर्नका लागि एक हप्ताको म्याद थपेको छ । अझै कति बढ्ने हुन् सम्बद्ध कर्मचारी जिल्ल परेका छन् ।

एक घरमा पाँच जना नै राख्ने हो भने ९० हजार पीडित भएको तथ्यांक आउँछ । यद्यपि फाराममा १५, २०, ३० जना परिवार भएका घर पनि छन् ।