बागमती कांग्रेस संसदीय दलको नेतामा देउवा समूहका इन्द्र बानियाँ पराजित - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बागमती कांग्रेस संसदीय दलको नेतामा देउवा समूहका इन्द्र बानियाँ पराजित



काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित भएका छन् । बुधबार हेटौंडामा भएको निर्वाचनमा लामाले अर्का प्रतिस्पर्धी इन्द्र बानियाँलाई पराजित गरेका हुन् । बानियाँ देउवा समूहका नेता हुन् ।

केन्द्रीय सदस्यसमेत रहेका लामाले २१ र बानियाँले १६ मत पाए । बानियाँ यसअघि पाँच वर्ष दलको नेता थिए । लामा र बानियाँ दुवै संस्थापन पक्षका नेता हुन् ।

कांग्रेस बागमती प्रदेशमा ३७ सांसद छन् । लामालाई जिताउन काठमाडौंबाट प्रकाशशरण महत, महालक्ष्मी उपाध्याय डिनालगायतका नेता पुगेका थिए । मकवानपुर १ मा आफूलाई प्रतिनिधिसभा सदस्यमा पराजित गर्न बानियाँको भूमिका रहेको भन्दै आरोप लगाएकी डिनाले लामालाई दलको नेता जिताएर बदला लिएकी छन् ।