घरभाडा नलिनेलाई बहाल कर छुट, व्यवसाय करमा ५० प्रतिशत छुट - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

घरभाडा नलिनेलाई बहाल कर छुट, व्यवसाय करमा ५० प्रतिशत छुट



काठमाडौँ – काठमाडौँ महानगरपालिकाले घरभाडा छुट दिने घरधनीलाई वार्षिक घरबहाल कर छुट दिने घोषणा गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९को प्रभावले घर भाडामा बस्ने नगरबासीलाई पर्न गएको असरलाई मध्यनजर गरी घरभाडा छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरी आर्थिक वर्ष २०७६/७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता गर्न आएमा वार्षिक बहाल करमा दश प्रतिशत छुट गर्ने भएको छ ।

‘तर, आर्थिक वर्ष २०७६/७७ मा घर, जग्गा तथा सम्पत्ति भाडामा लगाए बापतको बहाल कर छुट नलिई चुक्ता गरिसकेका करदाताहका हकमा कोभिड–१९ का कारण कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरेमा आर्थिक वर्ष २०७७/७८ मा बुझाउनुपर्ने वार्षिक बहाल करमा दश प्रतिशत छुट दिई बहाल कर मिलान गरिनेछ,’ आर्थिक विधेयकमा उल्लेख गरिएको छ ।

व्यवसायमा ५० प्रतिसतसम्म छुट

काठमाडौँ महनगरपालिकाले बन्दाबन्दीका कारणले काठमाडौं महानगरपालिका क्षेत्रमा ब्यापार ब्यवसाय गरी बस्ने करदाताहरुलाई व्यवसाय करमा ५० प्रतिशतसम्म छुट दिएको छ ।

महानगरपालिकाले आर्थिक बर्ष २०७७-७८ मा लाग्ने व्यवसाय करमा होटल, पर्यटन तथा मनोरन्जन क्षेत्रसँग सम्बन्धित ब्यवसायीहरुले तिर्ने व्यवसाय करमा ५० प्रतिशत र अन्य सबै व्यवसायीहरुले तिर्ने व्यवसाय करमा २० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

होटल, पर्यटन तथा मनोरञ्जन व्यवसायमा पाँचतारे होटल, चारतारे होटल, तिनतारे होटल,दुइतारे होटल, एकतारे होटल, चलचित्र प्रर्दर्शनी घर,साधारण होटल, लज, गेष्ट हाउस, होमस्टे, होस्ट, रेष्टुरेन्ट एण्ड बार ट्राभल र ट्रेकिङ एजेन्सी, रिक्रियसन खेललगायत रहेका छन् ।

त्यसैगरी होटल, पर्यटन तथा मनोरञ्जन व्यवसायमा विदेशी विमान सेवा स्वदेशी विमान सेवा हस्तकला निर्यात व्यवसाय, क्यासिनो, वायुयान भाडामा लगाउने व्यावसाय, ट्रेकिङ सामान पसल, डिस्को थेक, नाइट क्लब, विविध मनोरञ्जन सेवा प्रदान गर्ने व्यावसाय, थान्का पसल, बैदेशिक रोजगार सम्पर्क व्यवसाय, डान्स ट्रेकिङ सेन्टर, संगित सम्वन्धि सेवा प्रदान गर्ने व्यावसाय लगायत पर्दछन् ।